सशस्त्र-एसएसबी सहमति : १ वर्षभित्रै संयुक्त अभ्यास | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

सशस्त्र-एसएसबी सहमति : १ वर्षभित्रै संयुक्त अभ्यास

flag of nepal and india

काठमाडौं, ७ मंसिर । नेपाल र भारतबीच दशगजा क्षेत्रमा नियमित गस्ती र एक वर्षभित्रै संयुक्त सुरक्षा अभ्यास गर्ने सहमति भएको छ । नेपालको सशस्त्र प्रहरी बल (एपीएफ) र भारतीय सशस्त्र सीमा बल (एसएसबी) बीच शुक्रबार ८ बुँदे सहमतिपत्रमा हस्ताक्षर भएको हो ।

सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल र एसएसबीका महानिर्देशक कुमार राजेश चन्द्रबीच भएको सहमतिमा दशगजामा नियमित संयुक्त गस्ती, संयुक्त सुरक्षा अभ्यास, आतंकवाद र सीमा अपराध नियन्त्रण, सूचना आदानप्रदानलगायत विषय छन्। यसअघि दुई सशस्त्र बलबीच नियमित रूपमा सुरक्षा अभ्यास भएको छैन। गत वर्ष पहिलोपटक भारतले अभ्यास गरे पनि त्यसले निरन्तरता पाउने/नपाउने अन्योल थियो।

पोखरामा बुधबार र बिहीबार भएको ‘नेपाल–भारत सीमा सुरक्षा समन्वय बैठक’ को छलफलका आधारमा सहमतिपत्रमा हस्ताक्षर भएको सशस्त्र प्रहरी प्रवक्ता सुरजकुमार श्रेष्ठले जानकारी दिए। नेपाल र भारतीय सीमा नाकामा तेस्रो देशबाट हुनसक्ने घुसपैठ तथा अनधिकृत आवतजावत नियन्त्रण गर्ने सहमतिसमेत भएको उनले बताए।

‘नेपाल र भारतीय भूमिमा तेस्रो मुलुकका नागरिकको अनधिकृत आवागमन नियन्त्रणमा दुवै देशका सुरक्षाकर्मीले कडाइ गर्ने सहमति भएको छ,’ उनले भने, ‘आतंकवाद र सीमा अपराध नियन्त्रणमा यसले सघाउ पुर्‍याउँछ भन्ने साझा निष्कर्ष हो।’

यो खबर आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);