लोकसेवाबाट सिफारिस भइरहेका कर्मचारी नपठाउन माग | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३० २०८१, आइतबार

लोकसेवाबाट सिफारिस भइरहेका कर्मचारी नपठाउन माग

general-and-sanghiya-ministry

काठमाडौं, ७ मंसिर । कतिपय स्थानीय तहले लोकसेवाबाट सिफारिस हुने कर्मचारी आवश्यक नरहेको भन्दै सिफारिस रोक्न सरकारलाई आग्रह गरेको छ । योेसँगै कर्मचारीको नियुक्तिमा समस्या देखिएको छ ।

आर्थिक स्रोतले धान्न नसक्ने अवस्था रहेकाले कर्मचारी दरबन्दी कम गरिएको कारण देखाउँदै कतिपय स्थानीय तहले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत सिफारिस रोकिदिन आग्रह गरेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका सहसचिव बाबुराम अधिकारीले केही स्थानीय तहले मौखिक रूपमा र केहीले लिखित रूपमै मन्त्रालयसँग यस्तो आग्रह गरेको बताए । मन्त्रालयले भने सिफारिस रोक्न सम्भव नहुने स्पष्ट पारिसकेको छ । तर, कति स्थानीय तहले यस्तो जानकारी गराए भन्ने सम्बन्धमा यकिन तथ्यांक मन्त्रालयसँग रहेको छैन ।

लोकसेवामार्फत सिफारिस भएका उम्मदेवारलाई सिफारिस भएको पदमा नियुक्ति दिई पदस्थापना गराउन मन्त्रालयले स्थानीय तहलाई कडा निर्देशन दिएको बताइएको छ । पदस्थापना गर्दा स्वीकृत संगठन संरचना एवं दरबन्दी बाहिर हुने भएमा मात्र त्यस्ता पदका सम्बन्धमा कुनकुन पदको कुनकुन तहमा कर्मचारी बढी हुने हो सोको जानकारी गराउन परिपत्र गरिसकेको मन्त्रालयले जनाएको छ । यसरी नियुक्त भएका कर्मचारीलाई अर्को व्यवस्था नभएसम्म हाजिरी गराई कामकाज गराउन र नियमानुसार तलबसेवा उपलब्ध गराउन मन्त्रालयले सबै स्थानीय तहलाई निर्देशन दिइएको जनाएको छ ।

यो खबर आजको राजधानी दैनिकमा प्रकाशित छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);