संयुक्त गस्ती गर्दै नेपाल र भारतका सुरक्षाकर्मी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

संयुक्त गस्ती गर्दै नेपाल र भारतका सुरक्षाकर्मी

शम्भु माली,
कपिलवस्तु । कोभिड १९ को माहामारीमा भारत र पाकिस्तान वा चीन र भारतको सीमा क्षेत्रमा बेलाबखत भीडन्तका खबरहरु सुनिन्छन् । तर, नेपाल र भारतको सीमा क्षेत्रको कथा चाँहि निकै रोमाञ्चक छ । नेपाल भारत सीमा क्षेत्रमा दुई देशका सुरक्षाकर्मीहरु आपसमा मिसिएर संयुक्त गस्ती गर्छन् ।

सीमा क्षेत्र तथा दशगजाको सुरक्षाको जिम्मेवारी पाएका दुबै मुलुकका सुरक्षा निकायले बेला बेलामा दशगजामा संयुक्त गस्ती गर्ने गरेका छन् । सशस्त्र प्रहरीको सीमा सुरक्षा कार्यालय कपिलवस्तु र भारतीय सीमा सुरक्षाबल (एसएसबी) ले मासिक रुपमा यसरी संयुक्त गस्ती गर्ने गरेका छन् ।

‘मासिक रुपमा दुबै तिरका सुरक्षाकर्मीहरुले दशगजामा संयुक्त गस्ती गर्ने गरेका छौ’ सीमा सुरक्षा कार्यालय कपिलवस्तुका सशस्त्र प्रहरी उपरीक्षक धुब्र कार्कीले जनाए । ‘संयुक्त गस्तीले दशगजामा हुने अपराधिक गतिविधि निरुत्साहित हुने र सीमा स्तम्भका बारेमा पनि जानकारी हुने भएकाले यो दुबै मुलुकको हितमा छ ।’

सीमा क्षेत्रको सुरक्षाका साथै अवैध सामानको ओसार–पसार तथा अपराधिक गतिविधिमाथि नियन्त्रण गर्नका लागि नेपाल सरकारले सशस्त्र प्रहरी (एपीएफ) लाई खटाएको छ । भारतको तर्फबाट सीमा सुरक्षा बल (एसएसबी) को टोली तैनाथ गरिएको छ ।

सशस्त्र प्रहरी नायव उपरीक्षक सुवेदीले दुबै तिरबाट संयुक्त निरीक्षण गर्दा सीमा क्षेत्रमा अपराधिक कार्यमा संलग्न हुनेहरुको मनोबल कमजोर हुनुको साथै दुबै मुलुकका सीमा क्षेत्रका बासिन्दाहरुमा समेत भाइचारा सम्बन्ध प्रगाढ विश्वास व्यक्त गरे ।

नियमित रुपमा हुने कपिलबस्तुको दशगजा निरीक्षणमा नेपालका तर्फबाट सशस्त्र प्रहरी निरक्षक शंकर सिंह सिखर भारतका तर्फबाट भारतीय सीमा सुरक्षा बल एसएसबीको बटालियनको खुुनुवा कम्पनीका इन्चार्ज कुनाल सिंहको नेतृत्वमा दुबै तिरबाट ११–११ जनाको समूहले नियमित गस्ती तथा अवलोकन गर्ने गरेको सिख बताउँछन् ।

कपिलबस्तु जिल्लासँगभारतको ९३ किलामिटर भु–भाग सीमा जोडिएको छ । दशगजामा जगें ४४ मझौला २११ र साना २७६ पिल्लर गरी कपिलबस्तुमा ५ सय ३१ पिल्लर छन् । सीमा पिल्लर कुनै खोलाले बगाए, कुनै भत्किएका पनि छन् । कुनैको आधीभन्दा बढी भागपानीमा डुबेको अवस्था रहेको सशस्त्र प्रहरी गड नं. २८ को प्रहरी उपरीक्षक धुब्र कार्कीले बताएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);