नेपाल-भारत सीमा सुरक्षा समन्वय बैठक सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

नेपाल-भारत सीमा सुरक्षा समन्वय बैठक सुरु

nepal india

पोखरा, ४ मंसिर ।  नेपाल र भारत सीमा सुरक्षा समन्वय बैठक बुधबारदेखि पोखरामा सुरु भएको छ । बैठक पोखराको दोबिल्लास्थित एक रिसोर्टमा भइरहेको छ ।

बैठकमा नेपालको तर्फबाट सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल र भारतको तर्फ सीमा सुरक्षा बल एसएसवी का महानिर्देशक कुमार राजेश चन्द्रासहित २१ जनाको सहभागिता छ ।

शुक्रबारसम्म चल्ने बैठकमा भारतले हालै नेपाली भूमि अतिक्रमण गरेर सार्वजनिक गरेको नक्साका बिषयमा छलफल नहुने जनाइएको छ । बैठकमा अन्तरदेशीय सीमा अपराध, दशगजामा संयुक्त सुरक्षा गस्ती, सूचना आदानप्रदान लगायतमा छलफल हुनेछ ।

दुबै देशको सीमा सुरक्षा समन्वय बैठक २०७५ साउन २३ र २४ मा भारतको नयाँदिल्लीमा बसेको थियो । त्यसअघि २०६९ र २०७२ मा भारत र नेपालले पहिलो र दोस्रो बैठक आयोजना गरेका थिए । दुबै देशबीचको यो बैठक नियमित बैठक हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);