नेपाल-भारत संयुक्त आयोगको पाँचौ बैठक काठमाडौंमा सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

नेपाल-भारत संयुक्त आयोगको पाँचौ बैठक काठमाडौंमा सुरु

nepal n india

काठमाडौं, ४ भदौ । नेपाल–भारत संयुक्त आयोगको पाँचौँ बैठक बुधबारदेखि राजधानीकाे  होटल याक एण्ड यतीमा सुरु भएको हो । सुरु भएको छ । बैठकमा द्विपक्षीय आर्थिक साझेदारीलाई सुदृढ तुल्याउने विषयमा केन्द्रित रहने बताइएको छ ।

यसको साथै दुई देश बीचको सम्बन्धलाई अझ सार्थक, सुदृढ र नेपालको आर्थिक वृद्धिदरमा टेवा पुर्याउन मद्दत पुग्ने गरी छलफल हुने विश्वास गरिएको छ ।

तीन वर्षपछि हुन लागेको उक्त बैठकमा द्विपक्षीय सम्बन्धको समग्र अवस्थाको पुनरावलोकनका साथै जल, स्थल र हवाई मार्गबाट सम्पर्क सञ्जाल विस्तारका साथै पारस्परिक सम्बन्धमा विश्वास अभिवृद्धिका लागि हर प्रयास हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भारतले सीमा सुरक्षा र बाढी नियन्त्रणको विषयमा छलफल गर्ने बुझिएको छ । बैठकमा विगतमा भएका सहमति र सम्झौताको समीक्षा, नेपाल–भारत बहुआयमिक सम्बन्धका समग्र पक्षमा गहन छलफल र बहस हुने जनाइएको छ ।

यसको साथै राजनीतिक सम्बन्ध, सिमाना र सुरक्षा, आर्थिक सहयोग एवं पूर्वाधार, व्यापार तथा पारवहन, ऊर्जा र जलस्रोत, संस्कृति र शिक्षाबारे विचार विमर्श हुनेछ।

बैठकमा भारतीय पक्षको नेतृत्व बिदेशमन्त्री सुब्रमन्यम् जयशंकरले गर्नुभएको छ । बैठकमा दुवै देशका परराष्ट्रमन्त्री, सचिव लगायतमा प्रतिनिधिहरु सहभागी छन्। बैठक बिहिवार सम्पन्न हुने छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);