नेकपाकाे सचिवालय बैठक विना निष्कर्ष सकियो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

नेकपाकाे सचिवालय बैठक विना निष्कर्ष सकियो

नेकपाको सचिवालय बैठक

काठमाडौं, ४ भदौ । पार्टी एकताका बाँकी काम टुंगो लगाउन बुधवार बसेको नेकपा सचिवालय बैठक निश्कर्ष बिना नै सकिएको छ । केन्द्रीय निर्वाचन आयोग, जेष्ठ नागरीक मंच, प्रवास कमिटिको जिम्मेवारी बाँडफाँड लगायतका पार्टी एकताका बाँकि कामहरुको टुंगो लगाउन प्रधानमन्त्री निवास वालुवाटारमा बसेको सचिवालय बैठक छलफलमा मात्र सीमित भएको हो ।

बिहान ११ बजे बोलाइएको बैठक ३ वजे सारिएको थियो । ३ बजे सारिएको बैठक पनि समयमै बस्न नसकी ४ बजे मात्र बसेको थियो । बैठकमा विषयगत छलफल भए पनि निर्णय भने हुन सकेन ।

नेकपा सचिवालय बैठक बिहीबार बिहान ८ बजेका लागी फेरी बोलाइएको छ । बैठकमा पार्टीका बरिष्ठ नेता माधवकुमार नेपाले पार्टीका नेताहरुको जिम्मेवारी बाँडफाँड लगायतमा असहमति जनाउँदै मंगलवार नोट अफ डिसेन्ट सचिवालयमा दर्ता गराउनु भएको थियो ।

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार नेता नेपालको असहमतिको विषयले बुधवारको सचिवालय बैठकमा प्रवेश नै पाएन ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);