मन्त्री भट्टराईले गरे इलाममा निर्माणाधिन बिमानस्थलको निरीक्षण | ईमाउण्टेन समाचार

Our Network

चैत ११ २०८०, आइतबार

मन्त्री भट्टराईले गरे इलाममा निर्माणाधिन बिमानस्थलको निरीक्षण

इलाम, ४ भदौ । इलाममा निर्माणाधिन बिमानस्थलको संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री योगेश भट्टराईले अनुगमन गर्नु भएको छ । गृह जिल्ला ताप्लेजुङ जानेक्रममा पर्यटन मन्त्री भट्टराईले बुधबार बिमानस्थलको अनुगमन गर्नु भएको हो ।

उहाँले अनुगमनपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै यहाँको बिमानस्थल आवश्यक्ता भएर नै सुरु भएकाले समयमा नै सम्पन्न हुने बताउनु भयो ।

पार्किङ र धावन मार्गको काम भइरहेको भन्दै उहाँले अव निराश नबन्न स्थानीयलाई आग्रह समेत गर्नुभयो । अबको १४ महिनामा यसको हेर्न लायकको प्रगती हुने भन्दै उहाँले त्यसपछि थप रकम विनियोजन गरेर भएपनि यसलाई सम्पन्न गर्न आफु लागि पर्ने वताउनुभयो ।

हाल ९ करोड ५० लाखको काम भइरहेको पनि उहाँले जानकारी दिनुभयो । इलाम नगरपालिका ९ को गोलाखर्क भञ्ज्याङ नजिकै निर्माणाधिन सुकिलुम्बा बिमानस्थलको २०७५ साल जेठमा पहिलो पटक परिक्षण उडान भइसकेको छ ।

मन्त्रीको सपथ खाइ पदभार ग्रहण गर्दा उनले माला र खादा प्रयोग नगर्न कर्मचारीलाई निर्देशन दिएका थिए । तर उनलाई इलाममा आज माला र खादाले भव्य स्वागत गरिएको छ ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);