निजगढ बिमानस्थलको काम कुनै पनि बहानामा रोकिनु हुन्न : नेपाल | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

निजगढ बिमानस्थलको काम कुनै पनि बहानामा रोकिनु हुन्न : नेपाल

madhav kumar nepal

काठमाडौं, २० फागुन । पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले बारामा बन्न लागेको निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको काममा कुनै बहानाले ढिलाई गर्न नहुने बताएका छन् । बाराको निजगढमा निर्माणाधिन अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्यमा ढिलाई भएकोमा नेकपाका वरिष्ठ नेता नेपालले आशंका समेत व्यक्त गरे ।

संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समिति अन्तर्गत राष्ट्रिय गौरवको आयोजना अध्ययन, अनुगमन तथा सिफारिसका निम्ति गठित उपसमितिका संयोजक समेत रहेका नेता नेपालले विमानस्थल निर्माणमा कुनै बाधा पु¥याउन नहुने उल्लेख गरे ।

निजगढ मिानस्थल निर्माणको आयोजना देशको समृद्धिसँग जोडिएको भन्दै उनले विमानस्थलको कामलाई रोक्ने किसिमका गतिविधि कसैले गर्न नहुने बताए । उनले तीनै तहका सरकार र नागरिकले गम्भिरताका साथ यो आयोजना सम्पन्न गर्नु पर्नेमा जोड दिएका छन् ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);