नेतृत्व बिहिन भएको नेविसंघमा तदर्थ समिति समेत गठन भएन | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

नेतृत्व बिहिन भएको नेविसंघमा तदर्थ समिति समेत गठन भएन

nabisang

काठमाडौं, २० फागुन । नेपाल बिद्यार्थी संघको केन्द्रीय समिति बिघटन भएको एक महिना पुरा भएको छ । तर, एकमहिना सकिदासमेत तदर्थ समितिसमेत बन्न सकेको छैन । नेतृत्वविहिन भएको नेविसंघको तदर्थसमिति समेत गठन नभएका बेला ३२ वर्षे उमेरहद नलगाउने चलखेल सुरु भएको भन्दै एउटा समुहले चेतावनी दिन थालेको छ ।

नेता कृष्णप्रसाद सिटौला समुहले उमेरहद लागू नगरे समानान्तर समिति गठन गर्ने चेतावनी दिएको हो । गत माघ २८ गते अध्यक्ष नैनसिंह महरले राजीनामा दिएपछि नेविसंघ नेतृत्वविहिन अवस्थामा छ ।

एकमहिना हुन लाग्दा समेत नेविसंघको तदर्थ समितिसमेत नबनेपछि त्यसलाई फरक फरक रुपमा अथ्र्याउन सुरु भएको छ । नेता कृष्णप्रसाद सिटौला निकटको कुन्दन काफ्ले नेतृत्वको समुहले सभापतिले आफू निकटकालाई ल्याउन विधान विरुद्ध ३२ वर्ष माथिको नेतृत्व ल्याउन लागेको दावी गरेको छ ।

तर, संस्थापन पक्षले भने त्यस्तो दावीलाई पुष्टी हुनेगरि विधानले १२औं महाधिवेशन देखि उमेर हद तोकेको भन्दै तदर्थ समितिका लागि उमेर हद लागू नहुने बताइरहेको छ ।

नेता कृष्ण सिटौलाले त आफू निकटका नेता कार्यकर्ताको गोप्य भेला गरि सभापति देउवा पार्टी कब्जामा लागेको भन्दै विधिमा पार्टीलाई हिंडाउन दवावका लागि कार्यकर्तालाई सुझाव दिएका थिए ।

अहिले उनी निकटका विद्यार्थी नेता आफूहरुले जित्ने निश्चित भएपछि अध्यक्ष नैनसिंह महरलाई राजीनामा दिन लगाएको भन्दै ३२ वर्ष मुनिको नेतृत्व नल्याए समानान्तर समिति बनाउने चेतावनी दिइरहेको छ ।

विधानअनुसार तदर्थ समितिले ६ महिना भित्र महाधिवेशन गर्नुपर्ने हुन्छ । तर, एकमहिनासम्म तदर्थसमिति समेत नबनेको भन्दै ६ महिनामा महाधिवेशनको सम्भावना नदेखिएको असन्तुष्ट समुहको बुझाई छ ।

उनीहरु विधान अनुसार तदर्थसमिति बनाउन आफूहरुले दवाव दिइरहेको भन्दै नेतृत्वले त्यसलाई नटेर्न लागेको आशंका व्यक्त गरिरहेका छन् । नेपाली कांग्रेसको सबैभन्दा प्रभावकारी भ्रातृ संगठनको नेतृत्व आफ्नो पक्षमा बनाउनु कांग्रेसमा महत्वपूर्ण उपलब्धी मानिन्छ । त्यसैले पनि नेविसंघको नेतृत्व सभापतिसहित अन्य नेताहको प्रतिष्ठाको विषय बनिरहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);