कांग्रेसभित्रको गुटगत राजनीति फेरि सतहमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

कांग्रेसभित्रको गुटगत राजनीति फेरि सतहमा

congress metting

काठमाडौं, ३२ असार । नेपाली कांग्रेसभित्रको गुटगत राजनीति फेरि सतहमा आएको छ । प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा हारको जिम्मा कसले लिने भनेर सतहमा आएको गुटगत राजनीति जिल्ला सभापतिको हेटौंडा भेलामा मत्थर भएको थियो । तर, नजिकिँदै गरेको महासमिति बैठकको तयारीका लागि सभापति शेरबहादुर देउवाले नैं गुटगत भेला थालेपछि वरिष्ठ नेता रामचन्द पौडेल पक्ष पनि तातेको छ ।

यहि असारको पहिलो साता हेटौंडामा भएको जिल्ला सभापति भेलापछि केही मत्थर भएको कांगं्रेसको गुटगत राजनीति फेरि सक्रीय भएको छ । आगामी भदौमा गर्ने भनिएको महासमिति बैठकमा पौंडेल–सिटौंला पक्षले देउवालाई गल्ति स्वीकार गर्दै सिघ्र महाधिवेशनको दबाब दिने तयारी गरेपछि सभापति देउवा पनि गुटगत तयारीमा जुटेका छन् ।

यसको तयारीस्वरुप देउवाले शुक्रबार र शनिबार आफ्नै निवासमा आफू पक्षीय नेताको भेला गरे । त्यसको प्रतिक्रिया स्वरुप पौडेल पक्षले आइतबार र सोमबार छुट्टैै भेला गरेको छ । खासगरी सभापति देउवाले प्रदेशमा आफू अनुकुल तदर्थ समिति गठन गरि सकेर महासमिति बैठकमा जाने तयारी गरेपछि पौडेलपक्ष त्यसलाई रोक्ने तयारीमा जुटेको हो ।

पौडेल–सिटौला पक्ष एक भएपछि महासमितिसहित अधिकांस समितिमा अल्पमतमा पर्ने चिन्तामा संस्थापन पक्ष छ । त्यसैले देउवा पक्षले तदर्थमात्रै भएपनि सातै प्रदेशमा कार्यसमिति गठनको तयारी थालेको छ ।

देउवा पक्षका केन्द्रीय सदस्यहरुले तत्काल तदर्थ समिति गठन गर्न र आवश्यक परे केन्द्रीय समितिको बहुमतबाट त्यसलाई अनुमोदन गराउन सुझाव दिएका छन् । देउवा पक्षका नेताहरुले त पौडेलले देउवालाई काम गर्नै नदिएको समेत अरोप लगाइरहेका छन् ।

पौडेल पक्षले भने देउवालाई दवाव दिन भातृ संगठनको प्रयोग गर्ने संकेत गरेको छ । नेविसंघ, तरुण दल, महिला संघ, दलित संघसहितका भातृ संगठनमा आफै नेतृत्वमा रहेर पनि अल्पमतमा रहेको देउवा पक्षलाई नेविसंघको एउटा समुहले एकपक्षीय रुपमा महाधिवेशन घोषणा गरिसकेको छ । त्यसले देउवाको एकल निर्णयलाई रोक्ने पौंडेल पक्षको रणनीति छ।

निर्वाचन देखि अहिलेसम्म कांग्रेसमा देखिएको गुटगत राजनीति अहिलेको समस्या देखाएर १४औं महाधिवेशनका लागि गरिएको तयारी हो । सिटौंला पक्षको सहयोगमा १३ नेतृत्वमा पुगेको संस्थापनले सिटौला–पौडेल एक हुँदाको अवस्थामा आफ्नो हैसियत राम्ररी मूल्यांकन गरेको छ ।

तर, आफूलाई १४ औं महाधिवेशनमा स्थापित गर्ने बैकल्पिक अवस्थाको खोजी रहेको देउवा पक्ष राष्ट्रिय मुद्दा देखाएर पौडेल पक्षलाई रोक्ने अभियानमा छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);