घरेलु हतियारसहित पाँच जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

घरेलु हतियारसहित पाँच जना पक्राउ

ललितपुर, ३२ असार । ललितपुर प्रहरीले दुई दिनकोबीचमा ३ वटा पेस्तोल, त्यसमा लाग्ने गोली र घरेलु हतियारसहित पाँच जनालाई पक्राउ गरेको छ । सोमबार पत्रकार सम्मेलन गरी महानगरीय प्रहरी परिसर ललितपुरले पक्राउ परेकाहरुलाई सार्वजनिक गरेको हो ।

विशेष सुराकीको आधारमा आइतबार ललितपुरको नख्खीपोटबाट तीन जना र उनीहरुले दिएको सूचनाको अधारमा आइतबार थप दुई जना पक्राउ परेको परिसरका प्रहरी बरिष्ठ उपरीक्षक गणेशबहादुर ऐरीले जानकारी दिए ।

पक्राउ पर्नेमा हेमराज पौडेल, कृष्ण बहादुर जोगी, अँशुराम मोक्तान, रोशन सुव्वा लिम्वु र रामचन्द्र अधिकारी रहेका छन् । उनीहरुको साथबाट पेस्तोल ३ थान, यसमा लाग्ने गोली ६१ थान र म्यागजिन पाँच थान बरामद गरिएको प्रहरीले जनाएको छ । त्यस्तै दुई वटा तरबार, २ वटा खुकुरी र ६ वटा चक्कु पनि बरामद गरिएको प्रहरीले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);