राजधानीको गोकर्णेश्वरबाट हतियारसहित एकजना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

काठमाडौं, २८ कार्तिक । राजधानीको पूवी क्षेत्र गोकर्णेश्वर ४ बाट गोलीसहित एक जना पक्राउ परेका छन्। सिन्धुपाल्चोक चौतारा–२ डाँडा गाउँ घर भई ललितपुर गोदाबरी बस्ने ३५ वर्षीय धिरेन श्रेष्ठलाई प्रहरीले चेकजाँचका क्रममा हतियारसहित फेला पारेपछि नियन्त्रणमा लिएको हो।

उनको साथबाट एक थान कटुवा पेस्तोल, एसएलआरको गोली एक थान बरामद भएको बताइएको छ। गएराति १० बजे बा८८प ८२८४ नम्बरको मोटरसाइकल चेकजाँचका क्रममा महानगरीय ट्राफिक प्रहरी बृत्त बौद्ध र प्रहरी प्रभाग गोकर्णबाट खटिएको संयुक्त टोलीले उनलाई हतियारसहित फेला पारेको हो। मोटरसाइकल चालक भने फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);