बालाजुमा बोलेरोको ठक्करबाट साइकलयात्रीको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

काठमाडौं, २८ कार्तिक । काठमाडौँको बालाजुस्थित गंगा हल अगाडी गएराति भएको दुर्घटनामा एक साइकलयात्रीको मृत्यु भएको छ। नम्बर नखुलेको सेतो रङको बोलेरो जिपको ठक्करबाट घाइते साइकल यात्रीको शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा मंगलबार बिहान निधन भएको प्रहरीले जनाएको छ।

महानगरीय ट्राफिक महाशाखाका अनुसार नुवाकोट, बिदुर–६ घर भई गोंगबु बस्ने शेखर प्याकुरेलको मृत्यु भएको हो। साइकलमा पछाडि सवार मन्दिप परियार भने सामान्य घाइते भएका छन् । सीसीटीभी फुटेजका आधारमा दुर्घटनामा संलग्न सवारी साधन र चालकको पहिचान गर्ने काम भइरहेको ट्राफिक प्रहरीले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);