मोरङको सिलिलिङबाट हतियारसहित एक जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

मोरङको सिलिलिङबाट हतियारसहित एक जना पक्राउ

झापा, ९ मंसिर । प्रहरीले मोरङको मिक्लाजुङ गाउँपालिका १ सिलिलिङबाट हतियार सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिलिलिङ बस्ने ५८ बर्षीय अरुण भन्ने अमृत बहादुर श्रेष्ठ रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय मोरङबाट गस्तिमा खटिएको प्रहरी टोलीले श्रेष्ठलाई हिजो दिउँसो सवाँ ३ बजे पक्राउ गरेको प्रहरीले जनाएको छ ।

श्रेष्ठले आफ्नै घरमा हतियार लुकाई छिपाई राखेको भन्ने विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनको घरमा खानतलासी गर्दा टोटा बन्दुक १ थान, खोका ३ थान र ५०० ग्राम बारुद समेत फेला पारी बरामद गरेको हो ।

हतियार सहित पक्राउ परेका श्रेष्ठ उपर हातहतियार खरखजना मुद्दामा कानुनी कारबाही अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);