सुनको मूल्य एकैदिन १८ सयले घट्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

सुनको मूल्य एकैदिन १८ सयले घट्यो

काठमाडौं, ९ मंसिर । मंगलबार सुनको भाउ ह्वात्तै घटेको छ । एकैदिन तोलामै १ हजार ८ सय रुपैयाँले घटेको हो ।

सुनको भाउ सोमबारको तुलनामा ठूलो गिरावट आएको हो । सोमबार प्रतितोला ९४ हजार तीन सय रुपैयाँमा खरिद बिक्री भएको सुनको भाउ मंगलबार ९२ हजार पाँच सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै सोमबार ९३ हजार ८ सय रुपैयाँमा सोमबार कारोबार भएको तेजावी सुनको भाउ ९२ हजार रुपैयाँमा कायम भएको हो । मंगलबार चाँदीको भाउ भने ११ सय ८० रुपैयाँ तोकिएको छ । पछिल्लो समय सुनचाँदीको कारोबारमा कमि आएको व्यापारीहरुको गुनासो रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);