पौडेलले बोलाए देउवाविरोधी नेताको भेला | ईमाउण्टेन समाचार

Our Network

वैशाख १ २०८१, शनिबार

पौडेलले बोलाए देउवाविरोधी नेताको भेला

ramchandra

काठमाडौं, ३२ असार । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले सभापति शेरबहादुर देउवाका विरोधी नेताहरुको भेला बोलाएका छन् । पछिल्लो समय आफूमाथि सभापति देउवासँग मिलेको आरोप लागेका कारण पौडेलले भेला बोलाएको बताइएको छ ।

भेलामा कृष्ण सिटौला, प्रकाशमान सिंह, अर्जुननरसिंह केसी लगायत देउवा इतरका नेताहरुलाई बोलाइएको छ । सभापति देउवाले महासमिति बैठकको मिति, विधान मस्यौदा समिति गठन, पार्टीका विभागलाई पूर्णता दिने लगायत विषयमा छलफलका लागि साउन २ गते शीर्ष नेताहरुको बैठक बोलाएका कारण आवश्यक रणनीति तयार गर्न पौडेलले अलग्गै भेला बोलाएका हुन् ।

पार्टी सभापति देउवाले आइतबार आफ्नै निवासमा आफूपक्षीय नेताहरुको बैठक गरेका थिए । संसदमा प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको भनेर आलोचना भइरहेका बेला एकढिक्का हुनुको साटो नेताहरु गुटगत भेलामा लागेपछि कांग्रेस कार्यकर्तामा थप निराशा छाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);