कांग्रेसमा बिवाद चुलिदै : पौडेल समूहतर्फका जिल्ला सभापतिहरूको भेला सानेपामा जारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

कांग्रेसमा बिवाद चुलिदै : पौडेल समूहतर्फका जिल्ला सभापतिहरूको भेला सानेपामा जारी

काडमाडौं, २१ पुस । कांग्रेस नेता रामचन्द्र पौडेल समूहका जिल्ला सभापतिहरूको भेला पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी छ । सभापति शेरबहादुर देउवाले गरेका पछिल्ला केही निर्णयहरु सच्याउन दबाब दिन पौडेल समूहले सभापति भेला बोलाएको हो।

देउवाले केन्द्रीय कार्यसमितिको बहुमतले महाधिवेशनको कार्यतालिका तोक्ने, विधानका दफा निलम्बन गर्ने, विभागको संख्या थप्ने र तरुण दलको म्याद बढाउने निर्णय गरेपछि पौडेल समूहले त्यसको बिरोध गर्दै आएको छ ।

भेलामा नेता पौडेल, महामन्त्री शशांक कोइराला, कोषाध्यक्ष सितादेवी यादव, नेताहरु प्रकाशमान सिंह, बलबहादुर केसी, रामशरण महत लगायतका नेताहरुको सहभागी छन् ।

भेलामा पौडेल पक्षका बिभिन्न जिल्लाका सभापतिहरु समेत सामेल रहेका छन् । सभापति देउवाले कांग्रेसको इतिहासमै पहिलोपटक बहुमतबाट महाधिवेशनको कार्यतालिका तोकेर र विधानको नियम निलम्बन गरेर गलत नजिर स्थापित गरेको आरोप पौडेल पक्षका नेताहरुको रहेको छ ।

सभापति देउवालाई दबाब दिन पौडेल पक्षले जिल्ला सभापतिहरूको भेला बोलाएको हो । सभापति देउवाले यही पुस ११ गतेको केन्द्रीय कार्य समितिको बहुमतबाट महाधिवेशनको कार्यतालिका तोक्नुका साथै पार्टी विभागको संख्या थप्ने र तरुण दलको म्याद बढाउने निर्णय गर्नुभएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);