पौडेल समूहका जिल्ला सभापतिद्वारा संस्थापन पक्षले गरेका पछिल्ला निर्णय सच्याउन माग | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

पौडेल समूहका जिल्ला सभापतिद्वारा संस्थापन पक्षले गरेका पछिल्ला निर्णय सच्याउन माग

paudel pachya congress vela

काठमाडौं, २२ पुस । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका जिल्ला सभापतिहरुले पार्टी सभापति शेरबहादुर देउवाले गरेका पछिल्ला निर्णय सच्याउन माग गरेका छन् ।

सभापति शेरबहादुर देउवाले गरेका पछिल्ला केही निर्णयहरु सच्याउन दबाब दिन वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले सोमवारदेखि आयोजना गरेको जिल्ला सभापतिहरुको भेलामा निर्णय सच्याउन माग गरिएको हो ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा भइरहेको भेलामा मंगलवार पनि जिल्ला सभापतिहरुले पार्टी संस्थापन पक्ष बिधि र बिधान बिपरित अघि बढेको आरोप लगाएका थिए ।

सभापति देउवाले पुस ११ गते केन्द्र्रीय कार्यसमितिको बहुमतनाट महाधिवेशनको कार्यतालिका तोक्ने, विधानका दफा निलम्बन गर्ने, विभागको संख्या थप्ने र तरुण दलको म्याद बढाउने निर्णय गरेपछि पौडेल समूहले त्यसको बिरोध गर्दै आएका छन् ।

सभापति देउवाले कांग्रेसको इतिहासमै पहिलोपटक बहुमतबाट महाधिवेशनको कार्यतालिका तोकेर र विधानको नियम निलम्बन गरेर गलत नजिर स्थापित गरेको पौडेल पक्षका नेताहरुको आरोप रहेको छ ।

त्यसैका लागि सभापति देउवालाई दबाब दिन पौडेल पक्षले जिल्ला सभापतिहरूको भेला बोलाएको हो । जिल्ला सभापतिहरुले गत महासमिति बैठकले गरेका निर्णयहरु केन्द्रीय कार्य समिति बैठकले उल्ट्याएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।

मंगलवारको भेलामा पनि वरिष्ठ नेता पौडेलले पार्टीमा देखिएको पछिल्लो विवादबारे जानकारी गराएउनु भएको थियो । भेलामा जिल्ला सभापतिहरुले नेपाली कांग्रेस विधिको बाटोमा हिंडनुपर्ने, संस्थागत रुपबाट पार्टी चलाउनुपर्ने र हचुवाको भरमा निर्णयहरु गर्दा पार्टी संकटमा जाने भन्दै केन्द्रीय कार्यसमितिले गरेका निर्णयहरु सच्याउनुपर्ने सुझाव दिएका थिए।

भेलामा सहभागी जिल्ला सभापतिहरुको रायसुझाव लिएर कसरी अगाडी बढ्ने भन्ने विषयमा निश्कर्षमा पुग्ने पौडेल समूहका नेताले बताएका छन । भेला बुधवार पनि जारी रहने जनाइएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);