सरकारले संविधानको मर्म अनुरुप नीति तथा कार्यक्रम र बजेट ल्याउन सकेन : उपप्रधानमन्त्री पोखरेल | ईमाउण्टेन समाचार

Our Network

वैशाख २३ २०८१, आइतबार

सरकारले संविधानको मर्म अनुरुप नीति तथा कार्यक्रम र बजेट ल्याउन सकेन : उपप्रधानमन्त्री पोखरेल

काठमाडौं, २२ पुस । उपप्रधानमन्त्री एवं रक्षा मन्त्री इश्वर पोखरेलले सरकारले नीति तथा कार्यक्रम र बजेट संविधानको मर्म अनुरुप ल्याउन नसकेको स्वीकार गर्नुभएको छ ।

संविधानले तीन वटै तहका सरकारको कामहरु परिभाषित गरेपनि कामगर्ने शैलीमा पुरानै आचरण हावी हुँदा नीति तथा कार्यक्रम र बजेट संविधानको स्प्रिट अनुसार आउन नसकेको बताउनुभएको हो ।

मंगलबार संघीय संसद राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिले आयोजना गरेको ‘समावेशी विकास र समृद्ध नेपाल’ कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री पोखरेलले संवैधानिक व्यवस्था र त्यसलाई कार्यन्वयनमा लैजानेहरुबीच द्वन्द्व हुँदा विकास निर्माणका गतिविधिमा समेत अवरोध भएको बताउनुभयो ।

उहाँले राज्य संरचना र प्रणाली परिवर्तन भएपछिको कानून र संरचनाहरु अझैपनि पूर्णरुपमा निर्माण नभएकाले व्यवहारीक रुपमा अन्तर विरोध भइरहेको र त्यसको असर बजेट र नीति तथा कार्यक्रममा परेको बताउनुभएको छ ।

त्यस्तै समावेशी आर्थिक विकासका लागि तीन वटै तहका सरकारको संलग्नता र सक्रिय सहभागिताबाट मात्र योजना निर्माण गरी कार्यान्वयन र निरिक्षणमा जानुपर्नेमा उहाँको जोड थियो ।

उपप्रधानमन्त्री पोखरेलले विकास मैत्री सरकारी नीति र लगानीमैत्री वातावरण निर्माण हुनुपर्ने, स्रोत र साधनको अधिकतम परिचालन तथा इमान्दार कर्मचारीतन्त्रको विकास भएमात्र आर्थिक विकास र समृद्धि सम्भव हुने बताउनुभयो।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);