कांग्रेस बैठक : राष्ट्रिय सभा सदस्य उम्मेदवारको विषयमा छलफल हुँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

कांग्रेस बैठक : राष्ट्रिय सभा सदस्य उम्मेदवारको विषयमा छलफल हुँदै

nepali congress

काठमाडौं, १७ पुस । नेपाली कांग्रेस केन्द्रीय कार्य समिति बैठक केही बेरमा बस्दैछ । पार्टी कार्यालय सानेपामा बस्ने बैठकमा आगामी माघ ९ गते हुने राष्ट्रिय सभा सदस्यका लागि उम्मेदवार तय गर्ने विषयमा छलफल हुने जनाइएको छ ।

आजको बैठकमा पनि वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरु सहभागी नहुने भएका छन । पौडेलपक्षधर नेताहरुले सभापति शेरबहादुर देउवाले आफूहरूसँग परामर्श नगरी बहुमतको बलमा १४ औं महाधिवेशनको कार्यतालिका र विधान मिचेर विभागको संख्या बढाएको भन्दै निर्णय सच्याउन माग गर्दै आएका छन् ।

निर्णय नसच्याएसम्म कुनै पनि बैठकमा सहभागी नहुने पौडेलले पक्षले अडान राख्दै आएका छन । बुधवार बसेको पार्टी पदाधिकारी बैठकमा पनि पौडेलसहितका नेताहरु सहभागी भएका थिएनन । पौडेल पक्षधर नेताहरुले केन्द्रीय कार्य समितिका पछिल्ला बैठकहरु बहिष्कार गर्दै आएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);