एसपी मल्ललाई १२ घण्टाभित्र चितवन छाड्न निर्देशन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

एसपी मल्ललाई १२ घण्टाभित्र चितवन छाड्न निर्देशन

sp malla

काठमाडौं, १७ पुस । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक (एसपी) दानबहादुर मल्ललाई १२ घण्टाभित्र सरुवा गरी पठाइएको ठाउँमा हाजिर हुन निर्देशन दिइएको छ ।

३ नम्बर प्रदेश प्रहरी कार्यालय हेटौंडाले एसपी मल्ललाई १२ घण्टाभित्र चितवन छाडी (रमाना बुझी) सरुवा गरी पठाइएको ठाउँमा हाजिर हुन भनेको हो ।

तर, एसपी मल्लले चितवन छाड्न अटेर गरिरहेका थिए । एसपी मल्लको अटेरीका कारण उनको ठाउँमा सरुवा भएकी एसपी गंगा पन्त हाजिर हुन पाएकी थिइनन् ।

प्रदेश प्रहरी कार्यालय हेटौंडाले एसपी मल्ललाई पत्र लेख्दै १२ घण्टाभित्र चितवनबाट रमाना लिएर सरुवा गरी पठाइएको ठाउँमा हाजिर हुन निर्देशन दिएको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);