सभामुख चयन हुन नसक्दा संसद नै बन्धक | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

सभामुख चयन हुन नसक्दा संसद नै बन्धक

samsadh

काठमाडौं, १६ पुस । प्रतिनिधि सभाको सभामुख पद रिक्त भएको ३ महिना पुगे पनि नयाँ सभामुख चयन हुन सकेको छैन । दलीय अंकगणित अनुसार संसदमा सहजै सभामुख चयन गर्न सक्ने अवस्थामा सत्तारुढ दल नेकपा भए पनि प्रतिनिधि सभाले नयाँ सभामुख पाउन नसक्दा संसद नै बन्धक भएकाे छ ।

संसदको पहिलो बैठक बसेको १५ दिन भित्र सभामुख चयन हुनुपर्नेमा सूचना टांसेर लगातार प्रतिनिधि सभा बैठक स्थगित हुँदै आएपछि सभामुख चयनमा कानुनी प्रश्न उठेको हो ।

संसद बन्द रहेको बेलामा रिक्त भएको प्रतिनिधि सभाको सभामुख पद संसदको अधिवेशन चलेको २ हप्ता भइसक्दासम्म पनि पूर्ति हुन सकेको छैन । हिउँदे अधिवेशन सुरु भएको पहिलो दिन नै सुरु हुनु पर्ने सभामुख चयन प्रकृया अझै सुरु भएकोे छैन् ।

संविधानको धारा ९१ ले प्रतिनिधि सभाको पहिलो बैठक प्रारम्भ भएको मितिले १५ दिन भित्र सभामुख चयन गर्नुपर्ने व्यवस्था छ । अहिले बैठक पुुस २७ गतेसम्मका लागि स्थगित गरिएको छ ।

पहिलो बसेको बैठक र २७ गतेलाई हेर्दा २४ दिन हुन आउँछ । यसबाट सत्तारुढ दलबाटै संवैधानिक प्रावधानको उल्लंघन भएको जस्तो देखिन्छ । तर अहिलेको अवस्थामा यो बाध्यात्मक नभएको बुझाई संविधानविद प्राध्यापक पूर्णमान शाक्यको छ ।

देशको सीमा मिचिएको देखि किसान र आमजनताका धेरै समस्याका विषय अहिले छरपस्ट छन् । सरकारले एक पछि अर्काे विधेयकहरु ल्याउने तयारी गरिरहेको छ । यस्ता महत्वपूर्ण विषयमा छलफल हुनु पर्ने संसद सभामुख नभएकै कारणले काम विहिन बनिरहेको छ ।

सभामुख समयमै चयन गर्न नसक्नु संवैधानिक भन्दा पनि राजनीतिक दलको निरिहता भएको राजनीतिक विश्लेषकको प्रा.विजयकान्त कर्णको बुझाई छ ।

एउटै पार्टीको बहुमत रहेको अवस्थामा प्रतिनिधि सभाबाट सभामुख छान्न सत्तारुढ दल नेकपालाई खासै गाह्रो छैन । तर सभामुख पद ३ महिनासम्म रिक्त हुँदा पनि नेकपा भित्र भागबण्डा नमिल्दा प्रतिनिधि सभा लामो समयसम्म सभामुख बिहीन बन्दै आएको छ ।

सबै घटनाक्रम संविधानले परिकल्पना नगरेको पनि हुन सक्छ तर नेकपाका दुई गुटको विवादले संसद नै बन्धक बनाउनु हुन्न । अहिलेको अवस्था कानुनी भाषामा संवैधानिक देखिए पनि दलहरुको गुटमोह, पदलोलुपता तथा गैरजिम्मेवारीलाई संवैधानिक भन्न सकिन्न ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);