संघीय संसदको हिउँदे अधिवेशन शुक्रबारदेखि | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

संघीय संसदको हिउँदे अधिवेशन शुक्रबारदेखि

काठमाडौं, ३ पुस । संघीय संसदको हिउँदे अधिबेसन भोलिदेखि(शुक्रबार) सुरु हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीबाट आव्हान भए वमोजिम संसद अधिवेशन शुरु हुन लागेको हो ।

प्रतिनिधिसभा सभामुख बिहिन भएको बेला हिउँदे अधिवेशन शुरु हुन लागको छ । अधिवेशनको ऐजेण्डा के के हुनेछन् त्यो भने अझै सार्वजनिक भएको छैन । तथापी, यो अधिबेसनको प्रमुख ऐजेण्डा सभामुख चयन नै हुने देखिन्छ ।

मंसिर २३ गते बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले हिउँदे अधिवेशन आह्वान गरेसँगै संसदको हिउँदे अधिबेसन सुरु हुन लागेको हो ।

अधिवेशन ४ बजे शुरु हुनेछ । सभामुख पद रिक्त रहेको अवस्थामा सुरु हुन लागेको अधिबेसनमा सभाको अध्यक्षता उपसभामुखले गर्ने भन्ने ब्यबस्था भएकाले त्यही अनुसार शुक्रवारको संसद सुचारु गर्ने तयारी संसद सचिवालयले गरेको छ । तर रिक्त रहेको सभामुख चयनका लागी भने कार्यब्यबस्था तथा परामर्श समिति बैठकले तय गर्ने ऐजेण्डामा समय तोकेसँगैमात्र निर्वाचनको प्रकृया अघि बढ्ने छ ।

गत असोज २ गते संघीय संसदको बजेट अधिवेशन अन्त्य भएको थियो। यहि बिचमा संघीय संसद सचिवालयमा कार्यरत महिला कर्मचारीमाथि बलात्कार प्रयासको आरोप लागेका पूर्व सभामुख कृष्णबहादुर महराले पदबाट असोज १४ गते राजीनामा दिएसँगै हाल सभामुख पद रिक्त छ ।

सभामुख र उपसभामुख पद मध्ये एक पदमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको दाबी रहेको छ । यो समय भनेको प्रमुख प्रतिपक्षी दललाई साथ लिएर जाने राम्रो अवसर भएकाले नेकपाको परीक्षा समेत रहेकोे नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडको रहेको छ ।

संसदको यो अधिबेसनको मुख्य एजेण्डा सभामुख चयन भएपनि हालसम्म सत्तारुढ दलले सभामुखको नामको टुङ्गो लगाउन सकेको छैन । यसका लागी शीर्ष नेताहरुबीच छलफल भएपनि पार्टी भित्र दलका नेताहरुसँग छलफल र परामर्श भएको पाइदैन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);