सीमा क्षेत्रमा थप ११४ सुरक्षा पोष्ट थप्ने सरकारको निर्णय | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

सीमा क्षेत्रमा थप ११४ सुरक्षा पोष्ट थप्ने सरकारको निर्णय

sima tarbar

काठमाडौं, ४ पुस । नेपाल भारत सीमा विवादलाई दिर्घकालीन समाधान गर्नको लागी सीमा क्षेत्रमा तारबार लगाउन सरोकारवालाहरुले सुझाव दिइरहेकै बेला सरकारले सीमा क्षेत्रमा थप ११४ वटा सुरक्षा पोष्ट राख्ने निर्णय गरेको छ ।

नेपाल भारत विच रहेको खुल्ला सीमाको कारण भारतले नेपालको सीमा अतिक्रमण गरेपछि सरकारको यस्तो निर्णय आएको हो । सुरक्षा पोष्ट राखिएसँगै मानव वेचविखन, लाघुऔषध ओसारपसार, तस्करी, राजस्व चुहावट जस्ता अपराधिक क्रियाकलाप समेत नियन्त्रणमा आउने विश्वास गरिएको छ ।

नेपाल भारत विचको सीमा विवाद समस्या धेरै वर्ष पहिले देखिको भए पनि केहि महिना अघि भारतले लिपुलेक, कालापानी र लिम्पीयाधुरालाई समावेश गरेर नक्सा सार्वजनीक गरेपछि नेपालमा भारतविरुद्ध चौतर्फी विरोध प्रदर्शन हुन थाल्यो । पछिल्ला दिनमा विरोधका ठूला कार्यक्रम सडकमा नदेखिए पनि हर नेपालीको मनमा र अभिव्यक्तिमा यो देख्न पाइन्छ । जनस्तरबाट विरोधका स्वर बढिरहेपछि र संसदीय समितिहरुले सीमा क्षेत्रमा सुरक्षाकर्मी परिचालन गर्न निर्देशन दिएपछि सरकार बाध्य भएर सीमा क्षेत्रमा सुरक्षा पोष्ट राख्ने निर्णयमा पुगेको हो ।

सीमा विवाद समाधानका लागी कतिपयले कुटनितिक पहल गर्नु पर्ने सुझाव दिएका छन् भने कतिपयले नयाँ नक्सा सार्वजनीक गर्न सरकारलाई सुझाव दिइरहेका छन् । नेपाल भारत विचको खुल्ला सीमाको कारण सीमा विवादको समस्या मात्र नभई मानव वेचविखन, लाघुऔषध ओसारपसार, राजस्व चुहावट, तस्करी जस्ता अपराधिक क्रियाकलापमा बृद्धि हुने भएकोले सिमा क्षेत्रमा तारबार लगाउनै पर्नेमा सरोकारवालाले जोड दिएका छन् ।

सरकारले चाहना राख्ने हो भने सीमा क्षेत्रमा तारबार लगाउनु कुनै ठुलो समस्या नहुने विज्ञहरुको भनाई छ । यसका लागी बार कस्तो लगाउने, कत्रो लगाउने, कसले लगाउने भन्ने विषयमा छलफल गरी अर्थिकभार जती हुन्छ त्यसलाई दुवै मुलुकको सहकार्यमा बराबर गर्ने तथा तेस्रो पक्षबाट समेत सहयोग लिन सकिने सरोकारवालाको सुझाव छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);