अपराधिक गतिविधि नियन्त्रण गर्न दुबै देशका सुरक्षा अधिकारी सहमत | ईमाउण्टेन समाचार

Our Network

वैशाख १७ २०८१, सोमबार

अपराधिक गतिविधि नियन्त्रण गर्न दुबै देशका सुरक्षा अधिकारी सहमत

darchula

काठमाडौं, २९ असार । नेपाल–भारत सीमा क्षेत्रमा हुने अपराधिक गतिविधि नियन्त्रण गर्न दुबै देशका सुरक्षा अधिकारी सहमत भएका छन् ।

दार्चुलाको सदरमुकाम खलंगामा बसेको दुई देशका सुरक्षा अधिकारीको बैठकले सीमा क्षेत्रको समस्या दुबै देशको समन्व्यमा समाधान गर्न सहमत भएका हुन् । बैठकले दार्चुलाको उत्तरी सीमा क्षेत्रमा भारतले बनाएको काठेपुल हटाउने, सीमा क्षेत्रमा चोरी सिकारी, वन्य जन्तुको तस्करी रोक्ने निर्णय गरेको छ ।

बैठकले भारतको धारचुलाको धौलीगंगा जलविद्युतको जलासयमा पानीको अवस्थाबारे दार्चुला प्रशासनलाई जानकारी दिने निर्णय गरेको छ । धौलीगंगा जलविद्युत आयोजनाले जथाभावी पानी छोड्दा नेपालतर्फको भू–भाग डुबानमा पर्ने गरेको छ । बैठकमा नेपालकोतर्फबाट दार्चुल प्रमुख जिल्ला अधिकारी खुमकान्त आचार्य र भारतको तर्फबाट पिथौरागड जिल्लाका डिएम सि रविशंकरले नेतृत्व गरेका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);