कार्यकक्षमा लगाईएको ताला खोलियो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

कार्यकक्षमा लगाईएको ताला खोलियो

tala

बाजुरा , २९ असार । बाजुराको बडिमालिका नगरपालिका प्रमुख पदम बडुवाल र उपप्रमुख कविता विष्टको कार्यकक्षमा लगाईएको ताला खोलिएको छ ।

नगरप्रमुख र उपप्रमुखले आफु अनुकुलको बजेट ल्याएको भन्दै पाँच वटा वडाका वडाअध्यक्षले कार्यकक्षमा ताला लगाएका थिए । सम्मानजनक रुपमा बजेट विनियोजन गर्न प्रमुख र उपप्रमुख सहमत भएपछि वडाअध्यक्षहरुले ताला खोलेका हुन् ।

कांग्रेसले जितेको वडामा धेरै र नेकपाले जितेको वडामा थोरै बजेट विनियोजन गरेको आरोप लगाउँदै नेकपाबाट विजयी भएका वडाअध्यहरुले आन्दोलित भएका हुन् । कार्यालयको मुल गेटमा लगाएको ताला भने गत आइतबार नै खोलिएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);