महाकाली अञ्चल अस्पतालमा लगाएको ताला खोलियो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३ २०८१, सोमबार

महाकाली अञ्चल अस्पतालमा लगाएको ताला खोलियो

कञ्चनपुर, ९ फागुन । नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले अस्पताल सुधारको माग राख्दै महाकाली अञ्चल अस्पतालमा लगाएको ताला खोलिएको छ ।

अस्पताल र क्रान्तिकारीबीच १० बुँदे सहमति भएपछि ताला खोेलिएको हो । अस्पतालले १५ दिन भित्र माग पुरा गर्ने सहमति जनाएपछि ताला खोलिएको अखिल क्रान्तिकारी कञ्चनपुरका अध्यक्ष विरेन्द्रराज विष्टले जानकारी दिए ।

क्रान्तिकारीले महाकाली अञ्चल विकास समितिका अध्यक्ष अशोक प्रसाद पाण्डेयको कार्यकक्षमा लगाएको तालाबन्दी ११ औँ दिनमा खोलेकाे छ । गत माघ २८ गते तालाबन्दी गरिएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);