गमगढी-नाग्म सडक खण्ड भोलिदेखि खुल्ने | ईमाउण्टेन समाचार

Our Network

चैत ४ २०८०, आइतबार

गमगढी-नाग्म सडक खण्ड भोलिदेखि खुल्ने

मुगु, ९ फागुन । भारी हिमपातका कारण माघ २९ गतेदेखि अवरुद्ध भएको मुगुको गमगढी—नाग्म सडक खण्ड भोलिदेखि खुल्ने भएको छ । भारी हिमपातले माघ अन्तिममा सडक अवरुद्ध गरेपछि मुगुदेखि नेपालगञ्ज र नेपालगञ्जदेखि मुगुसम्म सवारी साधन चल्न सकेका छैनन् ।

जिल्ला प्रशासन कार्यालयले लगातार सडक डिभिजन कार्यालय जुम्लालाई बाटोमा जमेको हिउँ हटाई सडक खुलाउन ताकेता गरेपछि बिहीवारदेखि सडक सञ्चालनमा आउन लागेको हो । गमगढीदेखि घुच्ची लेकसम्मको सडकखण्ड अन्तर्गत घुच्ची लेकको सात घुम्तीमा धेरै हिउँ जमेको थियो  ।

सडक विभागले डोजर लगाएर हिउँ हटाउने काम गरिरहेको जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले जानकारी दिए । हिमपातका कारण सडक अबरुद्ध हुँदा जुम्ला तर्फको भुलभुले लेक र मुगुको गमगढीमा दर्जनौ सवारी साधन रोकिएर बसेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);