चार दिनदेखि अवरुद्ध नाग्मा–गमगढी सडक खुलाउने प्रयास जारी | ईमाउण्टेन समाचार

Our Network

फागुन २९ २०८०, मंगलबार

चार दिनदेखि अवरुद्ध नाग्मा–गमगढी सडक खुलाउने प्रयास जारी

मुगु । चार दिनदेखि अवरुद्ध कर्णाली राजमार्ग अन्तर्गतको नाग्म–गमगढी सडक खण्ड खुलाउने प्रयास जारी रहेको छ । शुक्रबारदेखि परेको भारी हिमपातले नाग्म–गमगढी सडक खण्डको भुलभुले, घुच्ची लेक हुँदै पिना गाउँसम्म पुग्ने सडक अवरुद्ध भएको छ । 

यहाँ करिब तीन फिटसम्म हिउँ जमेको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ । कार्यालयका अनुसार अवरुद्ध सडक खुलाउन जेसीबीसहित तीन जना प्रहरी समेत खटाएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक सुवाष हमालले बताए । 

पुस पहिलो पटक परेको हिमपातले पनि नाग्म–गमगढी सडक बन्द भएको थियो । यसबेला पनि डोजर लगाएर खुलाइएको थियो । उनले भने, ‘यसपटक पनि डोजर परिचालन गरिएको छ । सायद आज बेलुकासम्म सडक खुल्छ की उनको अनुभव रहेको छ । हिजोदेखि हिउँ पन्छाउन डोजर र प्रहरी प्रयोग गरेका छौ, हिमपातले जमिन नछोडेपछि हिउँ पन्छाउन समस्या भएको छ ।’

यो सडक खण्ड हिउँदमा हिमपात र बर्षामा पानीले अबरुद्ध हुँदै आएको छ । १ पुस २०६९ मा मुगु सडक सञ्जालमा जोडिए पनि हालसम्म सडकको स्तरोउन्नति नहुँदा बर्षको चार महिना मात्रै सवारी सहज रुपमा चल्छ । 

सडक खुलेको लामो समय भै सक्दा पनि सडकका न्यूनतम मापदण्ड ग्राभेल, नाला, ढल, कल्भडको व्यवस्था नहुँदा पटक पटक सडक अवरुद्ध हुने गरेको स्थानीयको दुखेसो छ । 

हरेक वर्ष आठ महिना सडक बन्द हुँदा उपभोग्य सामग्री समेत अभाव हुने गरेको व्यापारीहरू बताउँछन् । साथै सडकको नाममा हुने राजनीतिक खिचातानीले व्यापारी, सर्वसाधारण मर्कामा पर्दै आएका छन् । सडक बन्द हुँदा स्थानीय तहका वकिास निर्माणका काम समेत प्रभावित हुने गरेका छन् । स्थानीय तहका पुल, पुलेसा बत्तीका सामान ढुवानीमा समस्या हुने गरेको स्थानीयले बताए । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);