हिमपातले राजमार्ग अवरुद्ध हुँदा हजारौँ यात्रु अलपत्र | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

हिमपातले राजमार्ग अवरुद्ध हुँदा हजारौँ यात्रु अलपत्र

डडेल्धुरा, १९ पुस । बढ्दो चिसोले बिहीबार रातिदेखि अत्याधिक हिमपात भई अवरुद्ध रहेको डडेल्धुराको भीमदत्त राजमार्ग अझै सञ्चालनमा आउन सकेको छैन । जिल्ला प्रशासन कार्यालय डडेल्धुराको पहलमा डोजर लगाएर राजमार्गको हिउँ हटाउन खोजिएपनि हिमपात जारी रहँदा राजमार्ग सञ्चालनमा आउन नसकेको हो । हिमपातले राजमार्ग अवरुद्ध हुँदा हजारौँ यात्रुहरु अलपत्र परेका छन् । विद्युत र टेलिफोन सेवा समेत अवरुद्ध छ ।

पश्चिमी न्युन चापिय वायुका कारण काठमाडौँ उपत्यका लगायत देशभर चिसो बढ्नुका साथै पहाडी क्षेत्रमा बर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपातले जनजीवन प्रभावित भएको छ । बिहीबार रातिदेखि अत्यधिक हिमपात भएपछि अवरुद्ध रहेको सुदूरपश्चिम प्रदेशको सात पहाडी जिल्लाको मुख्य राजमार्गमा भीमदत्त राजमार्ग अझै खुल्न सकेको छैन ।

भीमदत्त राजमार्गमा पर्ने डडेल्धुराको साहुखर्क हगुल्टे लेकमा र दशरथ चन्द राजमार्गअन्र्तगत पर्ने अनारखोली क्षेत्रमा बाटो अत्याधिक हिउँ जमेका कारण सडक अवरुद्ध भएको हो । सडक अवरुद्ध भएपछि सयौं सवारी साधन अड्किएका छन् भने हजारौँ यात्रुहरू बिचबाटोमै अलपत्र परेका छन् ।

डडेल्धुराको अनराखोली बजार र बैतडीको खोडपेबजार क्षेत्रमा ३ फिटसम्म हिउँ जमेको छ । भीमदत्त राजमार्गमा पनि ४ वटा डोजर हिउँ सफा गर्नका लागि प्रयोग गरिएको छ । तर बाटो खुलाउन अझैँ समय लाग्ने प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले बताउनु भयो ।

दशरथ चन्द राजमार्ग अन्र्तगत अनारखोली क्षेत्रमा बाटो सुचारु गर्नका लागि अमरगढी नगरपालिका र अजयमेरु गाउँपालिकाको डोजर परिचालन गरिएको छ । अनारखोली बजार क्षेत्रमा बाटो सुचारु भएपनि जिल्लाको हगुल्डेलेकमा अहिले पनि बाटो सुचारु गर्ने प्रयोस भईरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

अबरुद्ध सडक सुचारु गर्न, अमरगढी नगरपालिका, आलिताल गाउँपालिका, गन्यापधुरा गाउँपालिका र अजयमेरु गाउँपालिकाका डोजर, सडक डिभिजन कार्यालयको डोजर, स्थानीय निर्माण व्यवसायीहरुको डोजर, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना परिचालन गरिएको छ ।

हिमपातले डडेल्धुरामा टिलिफोन, इन्टरनेट र विद्युत सेवा समेत अवरुद्ध छ । जिल्ला सदरमुकामका विद्यालयमा सञ्चालीत अर्धवार्षिक परिक्षा समेत प्रभावित भएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);