सुदुरपश्चिमका पहाडी जिल्लामा हिमपात, जनजीवन कष्टकर | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

सुदुरपश्चिमका पहाडी जिल्लामा हिमपात, जनजीवन कष्टकर

himpat

दार्चुला, २५ पुस । सुदूरपश्चिमका पहाडी जिल्लामा लगातार भएको वर्षा र हिमपातले स्थानीय बासिन्दाको जनजीवन कष्टकर बनेको छ । दार्चुला, बझाङ, डडेलधुरा, बाजुरा र बैतडीका उच्च पहाडी क्षेत्रमा हिमपात भएको छ । ती जिल्लामा यो बर्ष मात्रै तेस्रोपटक हिमपात भएको हो । हिमपातले धनगढी–डडेलधुरा राजमार्ग अवरुद्ध भएको छ ।

हिमपातकै कारण बझाङमा १ जनाको मृत्यु भएको जनाइएको छ । बझाङको सुर्मा गाउँपालिका–३ का ४० वर्षीय देउसिंह बोहराको हिउँमा पुरिएर मृत्यु भएको हो  । झन्डै ४० वर्षपछि डडेलधुरा र बैतडीका बेंसी क्षेत्रमा समेत हिउँ परेको छ ।

बैतडी र डडेलधुरा सिमानामा रहेका अनारखोली, खोड्पे, भालुमारे, घनधस्या लेक, सदरमुकाम डडेलधुरा र डोटी सीमानामा रहेको हगुल्टे तथा महाभारत पर्वत शृंखलामा लगातार हिमपात भएको हो । डडेलधुरा सदरमुकाम र आसपासका क्षेत्रमा खानेपानीको आपूर्ति ठप्प छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);