हिमपात कारण डेडेल्धुरा र बाजुरामा मानिसको दैनिकी कष्टकर | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

हिमपात कारण डेडेल्धुरा र बाजुरामा मानिसको दैनिकी कष्टकर

bajura

डेडेल्धुराबाट विमल जैरु र बाजुराबाट मदन विक
डेडेल्धुरा, बाजुरा, ९ माघ । मौसम बदलीसँगै सुदुर पश्चिमका केही पहाडी जिल्लाहरुमा हिमपात भएको छ । हिमपात संगै पानीले अन्नवालीमा राम्रो भएपनि मानिसहरुको दैनिकी भने कष्टकर बनेको छ । चिसोका कारण मानिसहरु घरबाट बाहिर निस्किन सकेका छैनन् ।

सुदुरपश्चिमका विभिन्न जिल्लाहरुमा बर्षासँगै भएको हिमपातले चिसो बढेको छ । बाजुरा, डडेल्धुरा लगायतका जिल्लाहरुमा बाक्लो हिमपातले जनजीवन कष्टकर बनेको हो । बाजुरा जिल्लाको सदरमुकाम मार्तडीमा पाँच बर्षपछिकै ठुलो हिमपात भएको छ ।

सदरमुकाम मार्तडीका अग्ला डाँडाँहरुमा हिमपात भएता पनि मार्तडी बजारमा हिमपात भएको थिएन् । हिमपातले जीवन कष्टकर भएपनि कुनै मानवीय र चौपायाहरुको क्षति भने नभएको बाजुराका प्रहरी प्रमुख उद्धव सिंह भाटले जानकारी दिए ।

यता, सोमबार रातीदेखि सदरमुकाम मार्तडी बजारमै हिमपात भएपछि स्थानीयहरु खुसी पनि भएका छन् । हालका लागि हिमपातले चिसो बढाएर जनजीवन कष्टकर भएपनि यो बर्षासगैँ भएको हिमपातले हिँउदे बाली गहुँ, जौ र आलु सप्रिने भएकाले राहत महशुस भएको मार्तडीका किसान धनबहादुर बिकको भनाइ छ ।

यसैगरी, डडेल्धुरामा पनि हिमपातले जनजीवन प्रभावित भएको छ । साहुँखर्क र अनारखोलीमा भएको भारी हिमपातका कारण सोमवार राती देखी अवरुद्ध भएको भिमदत्त राजमार्ग र दशरथ चन्द राजमार्ग १५ घण्टा पछि सुचारु भएको छ ।

राजमार्ग सुचारु संगै बीचबाटोमै रोकिएका यातायातका सवारी साधन संचालनमा आएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । लेकाली भेगका मानिस घरवाहिर सम्म निस्कन सकिरहेका छ्रैनन् भने आन्तरीक पर्यटक भने हिउमा रमाउन लेकाली भेगमा जान थालेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);