स्वास्थ्य प्राविधिक प्रमाण पत्र तह फेज आउट गर्ने बुँदा हटाउन माग | ईमाउण्टेन समाचार

Our Network

वैशाख २१ २०८१, शुक्रबार

स्वास्थ्य प्राविधिक प्रमाण पत्र तह फेज आउट गर्ने बुँदा हटाउन माग

gyapan

काठमाडौं, ९ माघ । सरोकारवालाहरुले ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक’बाट स्वास्थ्यतर्फको प्राविधिक प्रमाण पत्र तह फेज आउट गर्ने बुँदा हटाउन माग गरेका छन् ।

सरोकारवालाहरुले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद(सिटिईभिटी) अन्तरगतको स्वास्थ्यतर्फको प्राविधिक प्रमाण पत्र तह फेज आउट गर्ने बुँदा हटाउन माग गर्दै संसदीय समितिलाई ज्ञापन पत्र बुझाएका छन् । उनीहरुले ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक’मा सिटिईभिटी अन्तरगतको स्वास्थ्यतर्फको प्रविधिक प्रमाण पत्र तह फेज आउट गर्ने वरिष्ठ चिकित्सक गोविन्द केसीसँग गरिएको सहमतिको बुँदा समावेश गरेको उल्लेख गर्दै त्यसलाइ हटाउन बुधवार शिक्षा तथा स्वास्थ्य समितिकी सभापति जयपुरी घर्तीलाई ज्ञापन पत्र बुझाएका हुन् ।

स्वास्थ्यतर्फका ९ हजार भन्दा बढि सिएमए, अनमी र ल्यावका जनशक्तिको भविष्य बर्बाद हुने गरी समितिले सो विधेयकमा उक्त बुँदा उल्लेख गरेकाले तत्काल हटाउन समितिको ध्यानाकर्षण गराइएको निजी प्राविधिक शिक्षालय महासंघले जनाएको छ । समितिकी सभापति घर्तीले भने एकैचोटी सिटिईभिटी अन्तरगतको स्वास्थ्यतर्फको प्राविधिक प्रमाण पत्र तह फेज आउट गर्ने बुँदा विधेयकमा नराखिएको र समिति त्यसो गर्ने पक्षमा नरहेको पनि स्पष्ट पारेका थिए । उनले समितिले पारित गरी संघीय संसदको ‘फुल हाउस’मा पेश गरेको सो विधेयक जनपक्षीय रहेको र त्यसमा गरिव जनताले पनि चिकित्सक हुन पाउने व्यवस्था गरिएको दावी पनि गरे ।

समितिले क्रमशः सिटिईभिटी स्वास्थ्य सेवा अन्तरगतको प्राविधिक प्रमाण पत्र तह विकल्पसहित फेजआउट गर्दै लैजाने बुँदा मात्रै सो विधेयकमा राखिएको सभापति घर्तीको भनाइ छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);