संसदमा दर्ता गरिएको मिडिया काउन्सिल विधेयक फिर्ता हुन्न : सञ्चारमन्त्री | ईमाउण्टेन समाचार

Our Network

वैशाख २८ २०८१, शुक्रबार

संसदमा दर्ता गरिएको मिडिया काउन्सिल विधेयक फिर्ता हुन्न : सञ्चारमन्त्री

काठमाडौं, ९ जेठ । सरकारले संघीय संसदमा दर्ता गरिएको मिडिया काउन्सिलसम्बन्धि विधेयक फिर्ता नहुने स्पष्ट पारेको छ । संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले मिडिया काउन्सिलसम्बन्धि संसदमा दर्ता गरिएको विधेयक फिर्ता नहुने अडान राख्नु भएको हो ।

बिहीबार सो विधेयकका केही प्रावधान तत्काल हटाउन माग गर्दै सत्तारुढ नेकपा निकट पत्रकारहरुको संगठन प्रेस संगठन नेपालले ज्ञापन पत्र बुझाएपछि उहाँले संचारकर्मीमाझ सो विधेयक फिर्ता नहुने अडान राख्नु भएको हो ।

मन्त्री बास्कोटाले सो विधेयकलाई समृद्ध बनाउने गरी आएका सुझावलाई भने ग्रहण गरेर अघि बढ्ने पनि बताउनु भयो । उहाँले सरकारको प्रेसलाई संकुचित बनाउने कुनै मनसाय नरहेको पनि स्पष्ट पार्नु भयो । मन्त्री बास्कोटाले संविधानले बर्जित गरेका विषयमा लेख्ने काम गरे मात्रै दण्ड जरिवानाको व्यवस्था गर्ने गरी सो विधेयक ल्याइएको दावी पनि गर्नु भयो ।

मन्त्री बास्कोटाले संसद हरेक विधेयकको छलफल गर्ने सबैभन्दा ठूलो निकाय भएकाले त्यसमा व्यापक छलफल गरेर सो विधेयकलाई टुंगोमा पु-याउने योजना पनि अघि सार्नु भयो । प्रेस संगठन नेपालले भने सो विधेयकमा पत्रकारहरुलाई दण्ड सजाय गर्ने व्यवस्था गरिएको उल्लेख गर्दै त्यसलाई तत्काल हटाउन माग गरेको थियो ।

प्रेस संगठन नेपालका सहसंयोजक गणेश बस्नेतले सो विधेयकको बुँदा नम्बर १८ मा रहेको ‘२५ हजारदेखि १० लाख रुपैयाँसम्म जरिवाना गर्न सक्ने’ र ‘क्षतिपूर्ति भराउने सम्बन्धि व्यवस्था’ हटाउन माग गर्दै सरकारलाई ज्ञापन पत्र बुझाइएको स्पष्ट पार्नु भयो । संगठनले मिडिया काउन्सिललाई सरकार नियन्त्रित नभई स्वायत्त निकायको रुपमा स्थापित गराउन पनि सरकारको ध्यानाकर्षण गराएको छ ।

प्रेस संगठन नेपालले मन्त्री बास्कोटालाई बुझाएको ज्ञापन पत्रमा संचार क्षेत्रसँग सम्बन्धि कानुन निर्माण गर्दा सरोकारवाला निकायसँग व्यापक छलफल गर्नुपर्ने पनि उल्लेख गरिएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);