पश्चिमी वायुको प्रभावले देशैभर चिसो, उच्च हिमाली जिल्लामा हिमपात | ईमाउण्टेन समाचार

Our Network

चैत १८ २०८०, आइतबार

पश्चिमी वायुको प्रभावले देशैभर चिसो, उच्च हिमाली जिल्लामा हिमपात

chiso badhyo

काठमाडौं, २७ मंसिर । पश्चिमि न्यून चापीय वायूका कारण काठमाडौं उपत्यकासहित देशैभर चिसो बढेको छ । सुदुर पश्चिम र कर्णाली प्रदेशका उच्च हिमाली तथा पहाडी जिल्लामा हिमपातका कारण जनजीवन प्रभावित बनेको छ ।

शुक्रबार काठमाडौं उपत्यका लगायत देशका बिभिन्न स्थानमा हल्का वर्षा समेत भएको छ । शनिवार साँझ देखि भने मौषममा क्रमिक सुधार हुने मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

बुधबार देखि नेपाल प्रवेश गरेको पश्चिमी वायुको प्रभावले देशैभर चिसो बढेको छ । मौसम बदलिका कारण देशका पश्चिमी क्षेत्रका उच्च पहाडी तथा हिमाली भेगमा हिमपात भएको मौसम बिदले बताएका छन् ।

पश्चिमी वायुको प्रभावले एक्कासी जरिवर्तन भएको मौसम शनिबार साँझदेखि क्रमश सुधार हुँदै जाने मौसमबिदको भनाई छ । बिहीबार रातिदेखिको बर्षाका कारण सुदुर पश्चिम प्रदेशको कैलाली, कञ्चनपुर लगायतका जिल्लाहरुमा चिसो अत्याधिक बढेको भने पहाडी जिल्ला बझाङ, डडेल्धुरा र बैतडीमा हिमपात भएको छ ।

हिमपात भएसँगै चिसो बढेपछि जनजीवन प्रभावित बनेको छ ।त्यसैगरी कर्णाली प्रदेशको हुम्ला लगायतका जिल्लामा हिमपातका कारण तापक्रम माइनस ६ डिग्रीमा झरेको छ । हिमपातले गर्दा हुम्लाको एकमात्रै यातायात सेवा हवाइजहाज उडान बन्द भएको छ । हवाई यातायात बन्द हुँदा अत्यावश्यक कामका लागि बाहिर जाने स्थानीयवासी समस्यामा परेका छन । हिमपातका कारण चिसो अत्यधिक बढेपछि हुम्लाको जनजीवन अतयन्तै कष्टकर बनेको छ ।

चिसोका कारण काठमाडौं उपत्यकाको तापक्रम ८ डिग्री सेल्सीएस पुगेको छ । उपत्यकामा हल्का बर्षा समेत भएको छ । हल्का बर्षासंगै चिसो बढेपछि सर्वसाधारण आगो ताप्न थालेका छन ।

मौसमा पूर्ण रुपमा नखुल्दा देशका केही स्थानका हवाइ उडान समेत प्रभावित भएका छन । मौसममा विकास भएको नयाँ प्रणाली केही दिनसम्म जारी रहने मौसमविदले बताएका छन् ।

हिमपात हुँदा हुम्लाका दक्षिण क्षेत्रका किसानलाई भने फाइदा पुगेको छ । हिउँदे बाली गहुँ, जौ, खनजोत गर्ने समयमा हिमपात हुँदा सजिलो हुने किसानले बताएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);