मौसममा आएको परिवर्तनका कारण सुदूरपश्चिम प्रदेशमा जनजिवन प्रभावित | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

मौसममा आएको परिवर्तनका कारण सुदूरपश्चिम प्रदेशमा जनजिवन प्रभावित

himpat

काठमाडौं, २७ मंसिर ।  मौसममा आएको परिवर्तनका कारण सुदूरपश्चिम प्रदेशमा जनजिवन प्रभावित, हिमाली भेगमा हिमपात, चिसो अत्यधिक बढेपछि दैनिकी कष्टकर ।

मौसममा आएको परिवर्तनका कारण सुदूरपश्चिम प्रदेशमा जनजिवन प्रभावित भएको छ ।

बिहिबार

देखिको बर्षाका कारण कैलाली, कञ्चनपुर लगायतका जिल्लाहरुमा चिसो अत्याधिक बढेको छ । सुदूरपश्चिमका पहाडी तथा हिमाली जिल्ला बझाङ, डडेल्धुरा बैतडी लगायतका उच्च लेकाली क्षेत्रमा हिमपात भएको छ । हिमपात भएसँगै चिसो बढेपछि त्यहाँको जनजीवन प्रभावित भएको हो । यसैगरी नेपालको पश्चिम भूभागबाट न्यून चापीय प्रणालीको प्रवेश भएसँगै मुलुकका हिमाली भागमा हिमपात तथा अन्य स्थानको तापक्रममा गिरावट आएको मौषमबिदले बताएका छन । हुम्लाको सिमकोटको तापक्रम माइनस ६ डिग्रीमा झरेको छ । हिमपातले गर्दा हुम्लाको एकमात्रै यातायात सेवा हवाइजहाज उडान बन्द भएको छ ।

हवाई यातायात बन्द हुँदा अत्यावश्यक कामका लागि बाहिर जाने स्थानीयवासी समस्यामा परेका बताइएको छ । हिमपातका कारण चिसो अत्यधिक बढेपछि जनजीवन कष्टकर बनेको छ । हिमपात हुँदा जिल्लाका दक्षिण क्षेत्रका किसानलाई भने फाइदा पुगेको छ । हिउँदे बाली गहुँ, जौ, खनजोत गर्ने समयमा हिमपात हुँदा सजिलो हुने भएको किसानले बताएका छन । हिमपातका कारण एक गाउँबाट अर्को गाउँसम्मको आवतजावत रोकिएको छ ।

मौषममा आएको बदलीका कारण काठमाण्डौ उपत्यका सहित देशका बिभिन्न स्थानमा चिसो बढेको छ । मनाङमा हिउँ पर्न थालेसँगै तापक्रम माइनस ८ डिग्री सेन्टिग्रेटसम्म झरेको छ । मौसममा विकास भएको नयाँ प्रणाली शनिबारसम्म जारी रहने मौसमविदले बताएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);