संघीयताको मर्म विपरीत लोकसेवा | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

संघीयताको मर्म विपरीत लोकसेवा

loksewa

काठमाडौं, २७ मंसिर । संघीयताको मर्म विपरीत लोकसेवा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक प्रति संसदहरुको असन्तुष्टि, सरकारले आयोगलाई नियन्त्रित गर्न खोजेको आशंका ।

सांसदहरुले संघीयताको मर्म विपरीत लोक सेवा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक आएको भन्दै असन्तुष्टि जनाएका छन् ।

राज्य व्यवस्था तथा सुशासन समितिको बिहीबारको बैठकमा सांसदहरुले संघीयताको मर्म विपरित आयोगको कार्य सञ्चालन तथा व्यवस्थापन गर्ने गरी विधेयक ल्याइएको भन्दै असन्तुष्टि जनाएका हुन् । सांसद पम्फा भुसालले आयोगको कार्यालय धेरै बनाउँदा अनावश्यक खर्च बढ्ने भन्दै विधेयकले उचित व्यवस्था गर्नुपर्ने बताउनुभयो ।

बैठकमा सांसद सञ्जय गौतमल आयोगले प्रश्न पत्र बनाउँदा र उत्तर पुस्तिका जाँच्न पठाउँदा सरकारसँग पूर्व सूचना तथा जानकारी गराउनुपर्ने व्यवस्था गरिएको भन्दै सरकारले लोकसेवा आयोगलाई नियन्त्रीत गर्न खोजेको आशंका व्यक्त गर्नुुभयो ।

सांसदहरुले लोकसेवा आयोगको कानून संसोधन गर्ने यो विधेयक संघीय संरचना र संविधानको मर्म अनुरुप नआएको भन्दै सरकारले आयोगलाई नियन्त्रीत गर्न खोजेको बताएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);