संघीयताको मर्म विपरित विधेयक ल्याउन खोजेको भन्दै राजपाको आपत्ति | ईमाउण्टेन समाचार

Our Network

भदौ १९ २०८३, शनिबार

संघीयताको मर्म विपरित विधेयक ल्याउन खोजेको भन्दै राजपाको आपत्ति

brikhesh_chandra_lal

काठमाडौं, २० पुस । राष्ट्रिय जनता पार्टी, नेपालले सरकारले संघीयताको मर्म विपरित ‘आन्तरिक शान्ति सुरक्षासम्बन्धि विधेयक’ ल्याउन खोजेकोभन्दै आपत्ति जनाएको छ । राष्ट्रिय जनता पार्टी, नेपालका राष्ट्रियसभाका सांसद वृशेषचन्द्र लालले संघीयताको मर्म विपरित सरकारले ‘आन्तरिक शान्ति सुरक्षासम्बन्धि विधेयक’ ल्याउन खोजेको भन्दै आपत्ति जनाएका हुन् ।

प्रमुख जिल्ला अधिकारी आफू मातहत राखेर संघीय सरकारले प्रदेश सरकारको अधिकार कटौति हुने गरी सो विधेयक ल्याउन लागेको जानकारी आएको उल्लेख गर्दै उनले त्यसो भए आफ्नो पार्टीलाई मान्य नहुने चेतावनी पनि दिए ।

सांसद लालले संविधानले प्रदेश सरकारलाई शान्ति सुरक्षा सम्बन्धि आफैं व्यवस्था गर्ने अधिकार दिएको उल्लेख गर्दै सोही अनुसारको कानुनी व्यवस्था गर्न संघीय सरकारको ध्यानाकर्षण गराए ।