विनियोजित बजेट खर्च गर्न लोकसेवालाई स्वतन्त्र अधिकार दिनुपर्छ : उमेश मैनाली | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

विनियोजित बजेट खर्च गर्न लोकसेवालाई स्वतन्त्र अधिकार दिनुपर्छ : उमेश मैनाली

umesh prasad mainali

काठमाडौं, ४ पुस । लोकसेवा आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीले आयोगलाई विनियोजित बजेट खर्च गर्न स्वतन्त्र अधिकार दिनुपर्ने बताउनुभएको छ ।

राज्य व्यवस्था तथा सुशासन समितिको शुक्रबारको बैठकमा लोकसेवा आयोग सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक माथिको छलफलमा अध्यक्ष मैनालीले आयोगले परिक्षा सञ्चालनका निम्ति पाउने विनियोजित बजेट स्वतन्त्र रुपमा खर्च गर्न पाउनुपर्ने व्यवस्था हुनुपर्ने बताउनुभएको छ ।

विधेयकको दफा ४७ मा ‘नेपाल सरकारले आयोगको लागि बजेटमा छुट्याएको रकम प्रचलित कानून बमोजिम आयोगले खर्च गर्न सक्नेछ’ उल्लेख गरिएको भन्दै त्यसलाई सच्याउन माग गर्नुभयो ।

उहाँले आयोगले सानो खर्च गर्न पनि अर्थमन्त्रालयको स्वीकृति लिनुपर्ने अवस्था आउने भएकाले दफा ४७ मा उल्लेख भएको विषय सच्याउनुपर्ने बताउनुभयो ।

उहाँले आयोगले अहिलेसम्म गर्दै आएको खर्च पूर्ण रुपमा पारदर्शी भएको र कुनैपनि बेरुजु नरहेकोले खर्चमा नियन्त्रण गर्ने खालको व्यवस्था गर्नु उचित नहुने बताउनुभयो ।

अध्यक्ष मैनालीले आयोगको खर्च सम्बन्धी विकल्प खुलाई विधेयकमा लोकसेवा परिक्षा सम्बन्धी खर्च मात्र गर्नेगरी उल्लेख गर्न सकिने बताउनुभयो । समितिमा रहेका कांग्रेस सांसदहरुले भने यस अघि नै संशोधन प्रस्ताव राख्दै विनियोजित रकम आयोगले निर्धारण गरेबमोजिम खर्च गर्न सक्ने व्यवस्था हुनुपर्ने बताएका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);