पुस ११ गते बस्ने संसद बैठकले सभामुख चयन प्रकृया सुरु गर्छ : देव गुरुङ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

पुस ११ गते बस्ने संसद बैठकले सभामुख चयन प्रकृया सुरु गर्छ : देव गुरुङ

काठमाडौं, ४ पुस । प्रतिनिधिसभाको रिक्त रहेको सभामुख चयन प्रकृया एकहप्ता पछि मात्रै आरम्भ हुने सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को संसदीय दलका नेता देव गुरुङले बताउनुभएको छ ।

प्रतिनिधिसभा बैठकबाट बाहिरिने क्रममा समाचारदाताहरुसँग कुरा गर्दैसचेतक गुरुङले ११ गतेबस्ने संसद बैठकले सभामुख चयन प्रकृया सुरु गर्ने बताउनुभएको हो ।

सभामुख र उपसभामुख फरक दल र फरक लिंगको हुनुपर्ने प्रावधान अनुसार सबै दलहरुसँग सहमति खोज्नुपर्ने भएकाले प्रकृया केही ढिला भएको उहाँले बताउनुभयो ।

यता समावादी पार्टीका नेता डा. बाबुराम भट्टराईले सभामुखमा आफ्नो पार्टीको कुनै दाबी नरहेको बताउनुभएको छ । सुविधाजनक दुई तिहाईको सरकारले चाहेको निर्णय गर्न सक्ने भन्दै उहाँले सभामुख र उपसभामुखमा आफ्नो दलको कुनै दाबी नरहेको बताउनुभएको हो ।

निवर्तमान सभामुख कृष्णबहादुर महरालाई यौन दुर्व्यवहारको आरोप लागेपछि उहाँले पदबाट राजीनामा दिनुभएको थियो । महराको राजीनामासँगै सभामुख पद खाली रहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);