नेकपा स्थायी कमिटी बैठकमा सभामुख चयन प्रकृया चाँडो टुंग्याउन माग | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

नेकपा स्थायी कमिटी बैठकमा सभामुख चयन प्रकृया चाँडो टुंग्याउन माग

nekapa sthayi comiti

काठमाडौं, १ पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकमा सभामुख चयन प्रकृया चाँडो टुंग्याउन माग गरिएको छ ।

२९ गतेबाट जारी रहेको बैठकमा मंगलबार सदस्यहरुले सभामुख चयन प्रकृया धेरै लम्ब्याउन नहुने धारणा राखेको नेता भीम रावलले बताउनुभयो ।

४ गते संसद आह्वान भएको अवस्थामा छिटो निर्णय गरेर जानुपर्ने धारणा बैठकमा व्यक्त भएको उहाँको भनाई छ । नेता रावलले पार्टी भित्र देखिएका गुट उपगुटहरु अन्त्यगरी केन्द्रीय कमिटी बैठकसम्म सबै एकरुप भएर अगाडी बढ्नुपर्ने धारणा सदस्यहरुले राखेको बताउनुभयो ।

मंगलबारको बैठकमा २ जना आमन्त्रित सदस्यसमेत गरी १४ जनाले आफ्नो विचार राखेका थिए । अध्यक्ष पुष्पकमल दाहालले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदन र महासचिव विष्णु पौडेलले प्रस्तुत गर्नुभएको विधान संशोधनमाथि सदस्यहरुले आलोचनात्मक टिप्पणी राखेको प्रवक्ता नारायणकाजी श्रेठले बताउनुभयो ।

बैठकमा उठेका कतिपय विषयहरुमा बैठकपछि पनि छलफल गर्न सकिने विचार व्यक्त भएको उहाँले बताउनुभयो । मंगलबार केन्द्रीय कमिटी बैठकमा आमन्त्रित सदस्यहरु नन्द कुमार प्रसाईं र विष्णु प्रकाश श्रेष्ठले आफ्नो धारणा राख्नुभएको थियो । प्रसाईं केन्द्रीय सल्लाहकार कमिटी र श्रेष्ठ निर्वाचन आयोगका अध्यक्षका अध्यक्ष हुनुहुन्छ ।

त्यसैगरी सुरेन्द्र पाण्डे, अमृत बोहरा, वेदुराम भूसाल, शंकर पोखरेल, केशव बडाल, रघुवीर महासेठ, लेखराज भट्ट, मणि थापा, जनार्दन शर्माले विचार राख्नुभएको थियो । अर्को बैठक बुधबार बिहान ११ बजे पुनः बस्ने छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);