घुस लिएको आरोपमा गुठी संस्थानका प्रमुख प्रशासक र उपप्रशासक अख्तियारकाे फन्दामा | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

घुस लिएको आरोपमा गुठी संस्थानका प्रमुख प्रशासक र उपप्रशासक अख्तियारकाे फन्दामा

काठमाडौं, १ पुस । सेवाग्राहीबाट घुस लिएको अभियोगमा गुठी संस्थानका प्रमुख प्रशासक नारायण चौधरी र उपप्रशासक जय रेग्मी पक्राउ परेका छन् । उनीहरुलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले मंगलबार त्रिपुरेश्वरस्थित कार्यालयबाटै पक्राउ गरेको हो ।

काठमाडौं महानगरपालिका वडा नम्बर १ स्थित जग्गासम्बन्धी संस्थानमा चलिरहेको मुद्दामा गुठीको जग्गा गुठीमै कायम गर्न घुस लिएको सूचनाका आधारमा अनुसन्धान गर्न उनीहरुलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ ।

यसैगरी आयोगले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका रजिस्टार तुलबहादुर श्रेष्ठसहित ४ जनाविरुद्ध मंगलवार भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

विल भरपाई र भौचरसमेत नउठाई प्रतिष्ठानको ५ लाख ५० हजार रुपैयाँ हिनामिना गरी भ्रष्टाचार गरेको भन्दै अख्तियारले रजिष्ट्रार श्रेष्ठ, आर्थिक प्रशासन प्रमुख रूपा सिंघाची अग्रवाल सहित चारजना बिरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);