माओवादी केन्द्रीय कमिटी बैठकमा पदाधिकारी र स्थायी कमिटी टुंग्याउन माग | ईमाउण्टेन समाचार

Our Network

चैत २ २०८०, शुक्रबार

माओवादी केन्द्रीय कमिटी बैठकमा पदाधिकारी र स्थायी कमिटी टुंग्याउन माग

काठमाडौं। नेकपा माओवादी केन्द्रको सोमबारको बैठकमा केन्द्रीय समितिका पदाधिकारी र स्थायी कमिटी गठन माग गरिएको छ ।

आइतबार बसेको केन्द्रीय समितिको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहालले प्रस्तुत गरेको प्रतिवेदनमाथि नेताहरूले आफ्नो धारणा राख्दै पदाधिकारी र स्थायी कमिटी गठन गर्न माग गरेका हुन् ।सोमबारको बैठकपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रया दिँदै पार्टी प्रवक्ता कृष्णबहादुर महराले बैठकमा आज ४१ जना नेताहरूले भाग लिएको र स्थानीय चुनावसम्बन्धी समीक्षा, पार्टी निर्माणबारेमा विशेष कुरा उठेको बताए ।आइतबार केन्द्रीय समितिको मिटिङमा अध्यक्ष  प्रचण्डले राखेको संक्षिप्त राजनीतिक प्रतिवेदनमाथि आज नेताहरूले आफ्नो धारणा राखेसँगै बहसको कार्यक्रम सम्पन्न भएको बताए । उनले मंगलबार अध्यक्षले प्रतिवेदनमा स्पष्टीकरण दिने छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);