एमाले केन्द्रीय कमिटी बैठकमा ओली र पोखरेलले जवाफ दिने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

एमाले केन्द्रीय कमिटी बैठकमा ओली र पोखरेलले जवाफ दिने

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक विभिन्न प्रतिवेदनमाथि समूहगत छलफलमा आएका निष्कर्षहरूलाई समेट्दै आज सकिने भएको छ ।

आगामी विधान राष्ट्रिय महाधिवेशनमा प्रस्तुत हुने प्रतिवेदनमाथि छलफलबाट आएका निष्कर्षहरूलाई दस्तावेजीकरण गर्दै बैठक सकिने भएको हो ।

बिहान ११ बजे तुलसीलाल स्मृति प्रतिष्ठान च्यासलमा बस्ने बैठकमा समूहगत छलफलमा आएका सुझावलाई दस्तावेजीकरण गर्ने र प्रतिवेदनका विषयमा उठेका जिज्ञासाको अध्यक्ष केपी शर्मा ओली र महासचिव ईश्वर पोखरेलले जवाफ दिने कार्यक्रम रहेको पार्टी केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले बताए ।

आगामी विधान महाधिवेशनका लागि प्रस्तावित राजनीतिक, संगठनात्मक र विधान संशोधनसम्बन्धी प्रतिवेदनमा छलफल गर्न प्रदेश र विभिन्न विभागीय गरी १० वटा समूह बनाएको थियो । समूहगत छलफलका क्रममा नेताहरूले उमेर हद र पदाधिकारी अवधिका विषयमा सुझाव दिएका थिए । 

पार्टीमा पुराना पुस्ताको वर्षौंदेखिको ववर्चस्वले नयाँ पुस्ताले अवसर नपाएको सुझाव समूहगत छलफलमा आएको थियो । ७० वर्षे उमेर हद र एउटा व्यक्ति दुई कार्यकालभन्दा बढी कार्यकारी पदमा बस्न नपाइने व्यवस्था कार्यान्वयनका लागि केन्द्रीय सदस्यले जोड दिएका छन् । 

केन्द्रीय कमिटी बैठक शुक्रबारदेखि जारी छ । एमालेको विधान राष्ट्रिय महाधिवेशन १५–१७  असोजमा हुने मिति तय गरिएको छ । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);