अर्जेन्टिनालाई पराजित गर्दै स्पेनले चुम्यो विश्वकपको उपाधि | ईमाउण्टेन समाचार

Our Network

भदौ १९ २०८३, शनिबार

अर्जेन्टिनालाई पराजित गर्दै स्पेनले चुम्यो विश्वकपको उपाधि

आईतवार राति सम्पन्न विश्वकप फुटबलको फाइनल खेलमा अर्जेन्टिनालाई १–० गोल अन्तरले पराजित गर्दै स्पेनले विश्वविजेताको उपाधि हासिल गरेको छ । अतिरिक्त समयमा भएको निर्णायक गोलसँगै स्पेन दोस्रो पटक विश्वकप च्याम्पियन बनेको हो । निर्धारित समयमा दुवै टोलीबाट गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयमा वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेका फेरान टोरेसले गोल गर्दै स्पेनको जित सुनिश्चित गरे । प्रतिष्पर्धाको क्रममा अर्जेन्टिना १० खेलाडीमा सिमित हुन पुगेको थियो । यो जितसँगै स्पेनले सन् २०१० पछि पहिलो पटक र समग्रमा दोस्रो पटक विश्वकपको उपाधि उचालेको छ । ऐतिहासिक सफलताको खुशीयालीमा स्पेनभरका समर्थकहरूले भव्य उत्सव मनाइरहेका छन् ।

Leave a Reply