लमजुङको राइनासमा कांग्रेस कार्यकर्ताले मतपत्र जलाए, चुनाव अनिश्चित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

लमजुङको राइनासमा कांग्रेस कार्यकर्ताले मतपत्र जलाए, चुनाव अनिश्चित

लमजुङ । कांग्रेसको १४ औँ महाधिवेशनको क्रममा शनिबारदेखि स्थानीय तहको निर्वाचन सुरु भएको छ । कही निर्विरोध र कहि चुनावी प्रक्रियामा अधिवेशन भएको छ ।

तर, लमजुङको राइनासमा भने मत्रपत्रमा विवाद आएपछि कार्यकर्ताले मतपत्र जलाएका छन् । मत्रपत्रमा त्रुटि भएकाे भन्दै मतदान भएर केही मत मात्रै खस्न बाँकी रहँदा मतदान प्रक्रिया स्थगित भएको हो ।

नगरपालिकाको सभापतिमा नुरराज कडरिया र श्रीकृष्ण पौडेलबिच चुनावी प्रतिस्पर्धा भएको थियो । २०२ क्षेत्रीय प्रतिनिधि रहेको राइनासमा  १२३ मत खसेपछि चुनाव रोकिएको हो ।

उम्मेदवार श्रीकृष्ण पौडेलको नाम पछाडि रेजा लगाउने बक्स नै नराखिएको पाइएपछि पौडेल पक्षले अवरोध गरेको हो । आफूले आफैलाई मत हाल्न नपाउने गरी  तयार भएको मतपत्रबारे नगर सभापतिका उम्मेदवार पौडेल भन्छन्, ‘म त मत माग्नमा व्यस्त थिएँ । तर मतपत्रमा रेजा लगाउने बक्स नै नभएपछि निर्वाचन रोकिएको हो ।’

सभापतिका अर्का उम्मेदवार नुरराज कडरियाले निर्वाचन अधिकृतको त्रुटिका कारण मतपत्रमा प्राविधिक गल्ती देखिएका कारण चुनाव रोकिएको बताए । निर्वाचन मण्डलले त्रुटि भएको स्वीकार  गरेको छ ।

यद्यपि स्थगित निर्वाचन कहिलेबाट हुने भने निर्णय भने गरेको छैन । राइनासमा सभापति, उपसभापति, सचिव, सहसचिवसहित सबै सदस्य पदका लागि निर्वाचन प्रक्रिया सुरु भएको थियो । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);