अस्ट्रेलियामा हालसम्मकै ठूलो परिमाणको कोकिन बरामद | ईमाउण्टेन समाचार

Our Network

असार ८ २०८३, मंगलबार

अस्ट्रेलियामा हालसम्मकै ठूलो परिमाणको कोकिन बरामद

अस्ट्रेलियाली अधिकारीहरूले सिड्नीको उत्तर–पश्चिम क्षेत्रबाट २.७ टन कोकिन बरामद गरेका छन् । यो अस्ट्रेलियाको इतिहासमै लागुऔषधको सबैभन्दा ठूलो बरामदगी भएको अस्ट्रेलियन फेडरल पुलिस (एएफपी) ले सोमबार जानकारी दिएको छ । प्रहरीकाअनुसार गत शुक्रवार सिड्नीको केन्द्रिय भागबाट ५० किलोमिटर टाढा पर्ने लण्डनडेरीस्थित एक घरमा छापा मार्ने क्रममा उक्त परिमाणको लागुऔषध फेला पारिएको हो । घरको पछाडि रहेका तीनवटा सिपिङ कन्टेनरको भुइँमुनि बनाइएका विशेष भूमिगत बङ्करहरूमा प्लास्टिकका क्रेटभित्र कोकिन लुकाएर राखिएको अवस्थामा फेला परेको थियो । बरामद गरिएको कोकिनको अवैध बजार मूल्य करिब ८१ करोड ६० लाख अस्ट्रेलियन डलर (५७ करोड १३ लाख अमेरिकी डलर) रहेको अनुमान गरिएको छ । यस परिमाणको कोकिनबाट बजारमा करिब ३० लाख पटक बिक्री वितरण हुनसक्ने अधिकारीहरूले बताएका छन् । यस घटनामा संलग्न रहेको आरोपमा २१ र २५ वर्षका दुई युवकलाई पक्राउ गरी मुद्दा चलाइएको छ । उनीहरूलाई अवैध रूपमा ठूलो परिमाणमा प्रतिवन्धित लागुऔषध ओसारपसार गरेको अभियोग लगाइएको छ, जसमा दोषी ठहरिएमा आजीवन कारावाससम्मको सजाय हुनसक्छ । यो कारबाही क्वीन्सल्याण्ड राज्यको संयुक्त संगठित अपराध कार्यदलद्वारा गरिएको विस्तृत अनुसन्धानको परिणाम हो । गत मे महिनामा समुन्द्री तट नजिकै ४० किलो कोकिन फेला परेपछि यस विषयमा अनुसन्धान शुरु गरिएको थियो । प्रहरीले अनुसन्धानका क्रममा उक्त लागुऔषध समुन्द्रको गहिरो भागमा रहेको एक मदरसिपबाट ल्याइएको पत्ता लगाएको थियो। सोही अनुसन्धानका क्रममा यसअघि पनि १७८ किलो कोकिन र १४२ किलो मेथाम्फेटामाइन बरामद गरिएको थियो ।
लण्डनडेरीमा फेला परेको यो पछिल्लो परिमाण पनि सोही संगठित अपराध समूहसँग सम्बन्धित रहेको र सिड्नी पु¥याइएको प्रहरीको दाबी छ । उक्त लागुऔषध ओसारपसारमा प्रयोग भएको भनिएको जहाजलाई हाल सोलोमन टापुमा नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ ।

Leave a Reply