ठूलो परिमाणको लागु औषध चरेससहित २ जना पक्राऊ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८३, बुधवार

बाँके, २३ भदौ । नेपाल प्रहरीले बाँकेको डुडुवा गाउँपालिकाबाट भारततर्फ निकासी गर्न लागिएको ठूलो परिमाणको लागु औषध चरेस सहित २ जनालाई नियन्त्रणमा लिएको छ। नेपालगन्जमा रहेको संघीय प्रहरी इकाई कार्यालयले शुक्रबार पत्रकार सम्मेलन गरी बरामद गरिएको २१ किलो चरेससहित पक्राउ परेका दुईजनालाई सार्वजनिक गरेको हो।

 

प्रहरीले अस्ती बुधबार बाँकेको डुडुवा गाउँपालिका–२ नौरीगौरीबाट भारततर्फ चरेस निकासी गर्दै गरेको अवस्थामा डुडुवा–२ का ५४ वर्षका फेरन अहिर र ७० वर्षका मुरी अहिरलाई पक्राउ गरेको थियो। समात्तिएको लागु औषध चरेसको मूल्य अन्दाजी तीन लाख ६० हजार रुपैयाँ रहेको प्रहरीले जनाएको छ।