आज शिक्षा दिवस तथा अन्र्तराष्ट्रिय साक्षरता दिवस | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

काठमाडौँ, २३ भदौ । आज ३८ औं राष्ट्रिय शिक्षा दिवस तथा अन्र्तराष्ट्रिय साक्षरता दिवस मनाइदै छ ।

 

यस वर्षको शिक्षा दिवसको नारा संघीय नेपाल समृद्धिको आधार, स्तरीय शिक्षा सबैको अधिकार तय गरिएको छ । दिवसका अवसरमा उत्कृष्ट घोषित शैक्षिक संस्थालाई दिइने राष्ट्रिय एवं प्रदेश पुरस्कार वितरणको कार्यक्रम भने स्थगन गरिएको छ । पुरस्कार छनोटबारे परेको रिट निवेदनमा पुनरावेदन उच्च अदालत पाटनले पुरस्कार वितरण नगर्न अन्तरिम आदेश दिएका कारण पुरस्कार वितरणका लागि तय गरिएको कार्यक्रम स्थगन गरिएको शिक्षा मन्त्रालयले जनाएको छ ।

 

उत्कृष्ट शैक्षिक संस्थालाई पुरस्कार वितरण शिक्षा दिवसको मूल कार्यक्रम हो ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);