शिक्षामा सकारात्मक परीवर्तन कहिले ? | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

शिक्षामा सकारात्मक परीवर्तन कहिले ?

sikshya diwas

काठमाडौं, २१ भदौ । नेपालमा औपचारिक शिक्षाको सुरुवात भएको एक शताब्दी पुगेको छ । नेपालको शिक्षा सुधारोन्मुख भएको भएपनि अझैपनि विद्यालय तह देखि विश्वविद्यालयको शिक्षामा समयअनुकुल सकारात्मक परीवर्तन हुन सकेको छैन । कोहिपनि विद्यालय शिक्षावाट टाढा नहोउन भन्नका लागि प्रतेक वर्ष भर्ना अभियान संचालन गरिदै आएको छ । अभियान संचालन हुँदापनि लाखौ वालवालिका अझैपनि शिक्षाको पहुँचवाट टाढा रहेका छन ।

शिक्षामा नेपालमा इतिहास धेरै लामो नभएपनि औपचारीक शिक्षाको सुरुवात भएको एक सताव्दी पुगिसकेको छ । औपचारिक शिक्षाको सय वर्षको अवधिमा नेपालमा हाल साक्षरता ८२ प्रतिशत रहेको शिक्षा मन्त्रालयले जनाएको छ । सरकारले सबैको पहुचमा शिक्षालाइ पुर्‍याउनका लागि हरेक बर्ष भर्ना अभियान संचालन गरेपनि अझै पनि लाखौ बिद्यार्थी शिक्षाको पहुचबाट भने बन्ञित बनेका छन् ।

त्यसो त शिक्षा क्षेत्रको गुणात्मक सुधारका लागि प्रतेक वर्ष विभिन्न नारका साथ शिक्षा दिवस मनाइदै आएको छ । शिक्षा दिवसको सुरुवात भएको पनि करीब ४ दशक वित्न थालेको छ ।

४० औ शिक्षा दिवस तथा, विश्व साक्षारता दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । सन् १९६५ मा यूनेस्कोले हरेक वर्ष सेप्टेम्बर ८ लाई विश्व साक्षरता दिवसका रूपमा मनाउने घोषणा गरेपछि यो दिवस मनाउन थालिएको हो । यस वर्ष विश्व हामी सबैको प्रण, सार्वजनिक शिक्षा प्रणालीको सवलीरण भन्ने नाराका साथ अन्तराष्ट्रिय साक्षरता दिवस मनाइदै छ । शिक्षा मन्त्रालयले ५१ जिल्लालाई साक्षरता घोषणा गरेकोमा यसवर्ष ७० जिल्ला पुर्‍याउने लक्ष्य राखेको छ ।

शिक्षा क्षेत्र सुधारका लागि नेपाल सरकार शिक्षा मन्त्रालयले विभिन्न पहल थालेको छ । सरकारले स्थानिय तहमा आफनो पालिका भित्र घरदैलो सर्वेक्षण गरेर बालबालिकालाइ शिक्षाको पहुँच नभएका बालबालिकालाइ बिद्यालय प्रबेश गराउने अभियान थाल्ने भएको छ ।

सरकारले शिक्षामा सबैको पहुच पुर्‍याउने उद्देश्यले हरेक बर्ष नयाँ शैक्षिक सत्रमा भर्ना अभियान चलाएपनि अझै लाखौ बालबालिकाहरु शिक्षाबाट बन्चित छन । बिद्यालय तथा विश्वबिद्यालयहरु बेरोजगार उत्पादन गर्ने कारखाना भएको शिक्षा क्षेत्रका जानकारहरु बताउने गरेका छन । शिक्षामा सुधार गर्न बिद्यायलहरुले शिक्षण शैली परिवर्तन गर्नुपर्ने अभिभावक बिद्यार्थीको भनाई रहेको छ ।

नेपालको शिक्षा सुधारका लागि नेपाल सरकार शिक्षा मन्त्रालय तथा त्यस मातहतका निकायहरुले पहल थाल्दै आएको भएपनि सोचे अनुसारको उपलव्धि हासिल गर्न सकेको छैन । गुणस्तरीय र सर्वसुलभ शिक्षाका लागि शिक्षा सम्वन्धि भएका नितिहरुको सफल कार्यान्वयन गरी गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि सरोकारवालाहरु सवैको ध्यान जान आवश्यक छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);